समाचार

पाँचथरका दुई स्थानमा अस्थायी प्रहरी पोष्ट स्थापना



पाँचथर ।    नागरिकलाई शान्त्ती सुरक्षा दिनको लागि पाँचथरको दुर्गम स्थानहरमा प्रहरी पोष्ट स्थापन भएकाछन् । कानुनले बन्देज गरेका गतिबिधि हुन नदिन र निर्धक्कले नागरिक जिउन पाउने वातावरण बनाउन जिल्ला प्रहरी कार्यालय पाँचथरले जिल्लाको दुइ स्थानमा प्रहरी चौकि स्थापना गरेको हो ।

फिदिम नगरपालिकाको सुदुर पुर्वमा पर्ने १४ वडाको फुल्पामा प्रहरी पोष्ट स्थापना गरेको हो । त्यसैगरी सडक संचालन भइसंगै सवारी साधन चाप हुन थालेर तमोर कोरीडोर सडकमा पर्ने पाँचथरको तुम्बेवा गाउँपालिकाको मौवा स्थीत भुल्केमा प्रहरी चौकि स्थापना गरेको जिल्ला प्रहर कार्यालय पाँचथरका प्रहरी नाय उपरिक्षक कैलाशकुमार बुढथोकिले बताए ।

पालिका, वडा र स्थानीयबासीको सहयोगमा प्रहरी चौकि भवन निर्माण गरी सुरक्षाकर्मी राख्ने भौतिक संरचना बनाएको जनप्रतिनिधीले जनाएकाछन् । प्रहरी चौकि बनेर त्यहाँका नागरिकहरुले शान्त्ती सुरक्षा पाउने अपेक्षा गर्न थालेकाछन् ।
जेष्ठ २९ गते फिदिम नगरपालिका नगर प्रमुख मित्र प्रसाद काफ्लेले भवन उद्घाटन गर्नु भएको थियो । भुल्केको अस्थायी प्रहरी पोष्ठ जेष्ठ ३० गते जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले उद्घाटन गर्नु भएको थियो ।

पालिका तथा वडा जनप्रतिनिधी, सुरक्षा निकाय, राजनैतिक दलका नेता, विभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाज, स्थानियवासी तथा संचारकर्मीको उपस्थितीमा प्रहरी पोष्ठ स्थापना कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख प्रहरी नायव उपरीक्षक बुढाथोकीले भौगोलिक अवस्था, विभिन्न समयमा घटेका घट्ना एंव अपराध, जनघनत्व गतिविधि नितेज पार्न सहयोग पुग्नेछ । प्रहरी पोष्ट स्थापना भएको संरचना नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकहरुको समेत साझा सम्पत्ति भएको हुँदा शान्ति सुरक्षा कायम गरी अपराधरहित समाजको निर्माण गर्न सबैको सहयोगको आवश्यकता रहेको उपरीक्षक बुढाथोकीले आग्रह गर्नुभयो ।

हाल स्थापना भएका अस्थायी प्रहरी पोष्टहरुमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ६९६ जना प्रहरी कर्मचारीहरु खटाईएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाउको छ ।

 

प्रकाशित : ३१ जेष्ठ २०८२, शनिबार, ,