पाँचथर । युवाहरूमा बढ्दै गएको बेरोजगारीको समस्या र त्यसको परिणामस्वरुप तीव्र बनेको वैदेशिक रोजगारीले मुलुकमा सामाजिक र आर्थिक चुनौती बढेको भन्दै योङग कम्युनिष्ट लिग (वाईसिएल) नेपाल पाँचथरले शुक्रबार फिदिम नगरपालिकालाई ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
यस अघिका वजेटहरुमा युवा लक्षीत योजना कमै भएको भन्दै आगामि वजेटहरुमा युवामैत्री निति तथ कार्याक्रमहरु ल्याउन ज्ञापन पत्रमा उल्लेख छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट वाइसिएल पाँचथरले जिल्लाका आठवटै स्थानीय तहमा ज्ञापन पत्र बुझाएर आगामी नीति तथा कार्यक्रममा युवाहरुका लागि ठोस र प्रभावकारी युवामैत्री कार्यक्रम ल्याउन माग गरेको वाईसिएल जिल्ला अध्यक्ष गणेश तुम्रोकले बताए ।
फिदिम नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका अनुसार खेलकुद विकास र प्रवर्द्धन, खेलकुद पूर्वाधार विकास, खेलमैदानहरूको स्तरोन्नति लगायतको खेलकुद पूर्वाधार र सामग्रीको व्यवस्थापनका लागि पर्याप्त बजेट विनियोजन गर्न माग गरेकाछन् ।
यसैगरी, युवा लक्षीत गरेर नियमित प्रतियोगिता, युवा प्रशिक्षणसंगै स्थानीय स्तरमा वैदेशिक रोजगारी न्यूनीकरण हुनसक्ने युवा उद्यमशीलता विकास र स्वरोजगार बन्न प्रोत्साहन हुनुपर्ने सुझावसहित ध्यानाकर्षण पत्र वुझाएका छन् ।











प्रतिक्रिया