पाँचथर । शनिबार फिदिम बजारबाट तमोर नदीमा पौडी खेल्न गएका पाँचथर फालेलुङ गाउँपालिका–७ वडा भालुखोप निवासी १६ वर्षीय शिशिर राई बेपत्ता भएको छ ।
पौडी खेल्ने क्रममा नदीको भेलले बगाउँदा राई बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनापछि प्रहरी र स्थानीयबासीले खोजी गरे पनि शिशिरको फेला पर्न सकेन ।
बेपत्ता भएका शिरिको खोजीका लागि आइतबार बिहानदेखि प्रहरीको उद्धार टोली र स्थानीय बासिन्दाहरू खटिएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।













प्रतिक्रिया