पाँचथर । कालोपत्रे सडक बनाएर जोखिम सडक सास्ती अन्त्य गर्न २०७९ साल असारबाट निर्माण सुरु गरेको उत्तरे लुबुघाट तेह्रथुम जोड्ने सडकको पहिलो खण्डमा कालोपत्रे सडक बन्दैछ। सडक रेखा मात्र कोरिएको तर अधिकांस समय बन्द हुने पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाबाट कुम्मायक गाउँपालिका हुदैजाने लुबुघाटबाट तेह्रथुम म्याङलुङ जोड्ने सडक यासक उत्तरे खण्डमा कालोपत्रे सुरु भएको हो । ढिलाइ गरी निर्माण भएको त्यस सडकमा कालोपत्रे बन्न थालेर सहज आवतजावत गर्न पाएर भन्दै स्थानीय सरोकारवालाहरु उत्साहित भएको फाल्गुनन्द पालिका पुर्व अध्यक्ष वीरबहादुर कुरुम्बाङले बताए ।
सडक डिभिजन कार्यालय इलामको ४४ करोड ६० लाखमा २२ किलोमिटर लम्बाइको कालोपत्रे सडक धमाधम बन्दैछन् । तिस महिनामा सम्पन्न गर्नुपर्ने सडक निर्माण समय थप गरेर काम हुदैछ । त्यस सडकमा कालोपत्रे गर्न मात्र बाँकि रहेको निर्माण ब्यबासायीले जनाएको छ । ढिलाइ गरी निर्माण भएको र बाधा तथा सास्तीपुर्ण सडक निर्माण भएर स्थानीयले गुनासो गरेको त्यस सडकमा जिल्ला प्रशासन कार्यालय र जनप्रतिनिधिहरुले बढि सडक अनुगमन भएको थियो ।
स्थानीयबासी आफैले निर्माण स्थलमा पर्ने संरचना नहटाउने र स्थानीयबाटै उजुरी समेत आउने थालेर निर्माणमा बाँधा पुगेको थियो । सरकारको लगानी समयमै उपभोग गर्न आसा गरेका नागरिक आफै बाँधक हुदा निक्कै सास्ती खेप्नु परेको पालिका ७ नम्बर वडाअध्यक्ष नारायण प्रसाद आङदेम्बेको भनाइ छ ।
त्यहाको विकट भुगोलमा बनेको जोखिम सडकमा आवतजावत गर्न सजिलो हुनेगरी कालोपत्रे सडक बनेर सदरमुकाम फिदिमसंगै तरार्इका जिल्लाहरु जान सजिलो भएको स्थानीयले खुशी ब्यत्त गर्न थालेकाछन् ।
सपना हिमडुङ एण्ड थोकर जेभि निर्माण व्यवसायीले सडक निर्माणको जिम्मा पाएको छ ।













प्रतिक्रिया