समाचार

फिदिममा क्यान्सर स्वास्थ्य परिक्षण



फिदिम ।     पाँचथर, इलाम, तेह्रथुम र ताप्लेजुङ जिल्लाका असाहाय, गरीब र दुगम भेगका महिला लक्षीत गरेर क्यान्सर सम्बन्धिको स्वास्थ्य परिक्षण शुक्रबारबाट पाँचथर फिदिममा सुरु भएको छ । भत्तपुर क्यान्सर अस्पतालको बिशेषज्ञा डाक्टर सहितको प्राबिधिक सहयोग र फिदिम नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला अस्पताल पाँचथर क्यान्सर परिक्षण संचालन गरीएको हो ।
महिलाहरुको पाठेघर र स्तन क्यान्सर सम्बन्धीको परिक्षण हुनेछन् । महिलाहरुमा बढि रोग लाग्ने पाठेघर तथा स्तन भएको र क्यान्सरबाट बढि महिला पिडित हुने गरेको भन्दै दुर्गम भेगका असाहाय र गरिव महिला लक्षीत क्यान्सर परिक्षण शिविर संचालन गरेको फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले जनाएको छ ।
पाठेघर र स्तन क्यान्सर सम्बन्धीको क्यान्सर परिक्षण गरेर प्राथमिक उपचार दिने र थप उपचार गर्नु परेमा सरकारी अस्पताल भत्तपुरले उपचार गर्ने शिविर पुग्नु भएका भत्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर उज्जवल चालिसेले बताउनुभयो । निर्देशक डाक्टर चालिसेका अनुसार भत्तपुर अस्पतालबाट विशेषज्ञा डाक्टर सहित १८ जना स्वास्थ्यकर्मी फिदिममा पहिलो पटक क्यान्सर परिक्षण शिविर चलाए बताए ।
दुइदिनसम्म क्यान्सर शिविर संचालन गरेर पाँचथर जिल्ला सहित इलाम, तेह्रथुम र ताप्लेजुङका बिपन्न दुइहजार बढि महिलाले क्यान्सर स्वास्थ्य परिक्षणमा सहभागि हुने अनुमान गरीएको छ । शिबिर संचालन गरेर नगरपालिकाले विगत बर्षहरुबाटै गरीव नागरिकले बढि स्वास्थ्य राहत दिन रकम विनियोजन गरिआएको फिदिम नगरउपप्रमुख राधाकृष्ण न्यौपानेले बताए ।  पाठेघर र स्तन सम्बन्धीको क्यान्सर परिक्षणमा महिलाहरु उत्साहित भएर स्वास्थ्य परिक्षणमा लाइन लागेको खुशी ब्यक्त गरेकाछन् ।

प्रकाशित : ९ जेष्ठ २०८२, शुक्रबार, ,