पाँचथर । जन्माएको शिशु मृत भेटिएपछि कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रालाई जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको छ । जन्माएको शिशु शौचालयमा मृत भेटिएपछि पाँचथरको फिदिममा प्रहरीले आफन्तको घरमा डेरा बसेर एक विद्यालयमा अध्ययन गर्दै आएकी छात्रालाई ३० गते जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।
मंगलबार राति १ बजे जन्माएको शिशु शौचालयमा मृत भेटिएपछि प्रहरीले उनीलाइ नियन्त्रणमा लिएको हो । शौचालयमा बच्चा जन्माएकी नवजात शिशु मृत अवस्थामा भेटिएकाले प्रहरी चौकी नाङ्गीनबाट खटेको टोलीले उनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
शिशु जन्माएपछि १५ वर्षीया छात्रालार्ई अत्यधिक रक्तस्राव भएपछि अस्पतालमा उपचारका लागि राखिएको छ । शिशुलाई पोष्टमार्टमका लागि पाँचथर अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए ।













प्रतिक्रिया