खेलकुद

फुटबल रेफ्री तालिममा ४३ जना खेलाडी सहभागि



पाँचथर ।    ४३ जना फुटबल खेलाडीहरुलाई  फुटबल रेफ्री तालिम फिदिममा सुरु भएको छ ।  अखिल नेपाल फुटकल संघ एन्फा पाँचथरको आयोजनामा  पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका दुइ महिला सहित ४३ जना खेलाडी सहभागि भएका छन् ।  जिल्ला तथा स्थानीय तहहरुमा बर्षेनी धेरै संख्यामा फुटबल खेल संचालन हुदा फुटबल रेफ्री अभावमा कतिपय खेल संचालन गर्न सक्ने अवस्था नभएको भन्दै तालिम दिन थालिएको एन्फा पाँचथर अध्यक्ष गणेस राईले बताए ।
 एन्फा पाँचथर अध्यक्ष राईका अनुसार  रेफ्री नहुदाको खेल बिबादले खेलाडीहरुमा अन्योज सिर्जना गरेर एन्फा पाँचथर विवादीत बन्नु परेको परिस्थिति अन्त्य गर्न  तालिम संचालन गरिएको हो ।
फिदिममा संचालन भएको फुटबल रेफ्री तालिममा  काठमाण्डौबाट आएका एन्फा प्रशिक्षकहरु शैलेस जोशि, सचिन अमात्य र राजन श्रेष्ठ तथा विराटनगरका मधुसुदन खनाल रहेकाछन् ।  एकहप्तासम्म फुटबल रेफ्री तालिम संचालन हुने आयोजकलले जनाएको छ दिनेछन् ।
तालिमको उद्घाटनमा फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले नगरबाट बर्षेनि एक करोड रकम विनियोजन गरेर खेल प्रर्बद्धन गर्दैआएको दाबि गर्नुभयो । प्रदेस, जिल्ला पालिका र वडा स्तरका खेल आयोजनहरमा नगरले आर्थिक र सामग्र्ीहरु सहयोग गर्दैआएको बताउनु  भयो । नगर प्रमुख काफ्लेले फिदिम माकिो खेलमैदान  रसिहिलसुसम्पन्न गर्न नगरको चासो र  लगानीमा समेत उल्लेख्य रहेको बताए ।
 जिल्लाको आठ पालिकाहरुमा बर्सेनि पाँचकरोड बढि रकम खेलकुदमा लगानी हुने गरेको छ भने प्रदेस सरकार र संघीय सरकारबाट पनि खेल आयोजनमा सहयोग हुने गरेको छ । खेलकुद विकासका लागी तिनै तहको सरकारबाट भौतिक पुर्वाधारमा बर्षेनि एक बचास लाखो रकम खर्च गर्दैआएर खेलमा सुधार हुन थालेको  खेलाडीहरुले जनाएकाछन् ।

प्रकाशित : २३ बैशाख २०८२, मंगलबार, ,