विराटनगर । कोसी प्रदेशको लगानी सम्मेलनमा ७१ वटा परियोजना संचालन गर्ने हस्ताक्षर भएको छ। जस्का लागि १ खर्ब ७३ अर्ब ४९ करोड अनुमान सहित लगानी सम्मेलन सुरु भएको थियो। लगानी सम्मेलनमा ४६ वटा परियोजना सञ्चालनको लागि सम्झौता भएको छ।
सबैभन्दा ठुलो परियोजनाको रूपमा किङ्कर म्यानुफ्याक्चरिङ प्लान्ट परियोजनाकालागि ३२ अर्बको सम्झौता भएको छ। त्यस्तै ग्रिन युरिया मानुफ्याक्चरिङ फेसिलिटी परियोजना २६ अर्बको लगानी गरी सहमति पत्रमा उल्लेख छन् । इलामबाट सन्दकपुरसम्म माउन्टेन पोेडवेकालागि २५ अर्बको लगानी गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा सरोज कोइरालाले जानकारी दिए। उनका अनुसार, मुर्कुची लिम्चुङबुङ हलेसी केबुलकार पोड रेल परियोजनाको १० अर्बको लगानीमा सम्झौता भएको छ।
त्यसैगरी एग्रोभोल्टिक सोलर परियोजना ५ अर्ब ६० करोडमा सम्झौता भएको छ। विराटनगरका उद्योगी राजेन्द्र राउतले आरआर इन्टरनेशनल हस्पिटलकोलागि २ अर्ब ४८ करोडको लगानी सम्झौतामा हस्ताक्षर गरेका छन्। बर्जुताल टुरिजम प्रोजेक्ट सुनसरीका लागि ४ अर्ब २८ करोडको लगानीमा रोजी राई प्रधानले सम्झौतामा हस्ताक्षर गरेकी छिन्। हर्बल प्रोसेसिङ प्लान्ट प्रोजेक्ट १ अर्ब १६ करोड, इलेक्ट्रिक भेहिकल एसेम्ली प्लान्ट प्रोजेक्ट ३ अर्बको परियोजनामा पनि सम्झौता भएको छ।
एक्सेस हस्पिटालिटी पाँच तारे होटल परियोजनामा २ अर्ब ३० करोड लगानीको सम्झौता भएको छ। कोसी पोडवे परियोजनाकोलागि ५ अर्ब लगायतको ७१ वटा परियोजना सम्झौता भएर लगानीमा सम्झौता भएको कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की जनाएको छ । लगानी सम्मेलनमा हस्ताक्षर भएकोमा खुसी व्यक्त गर्दै कार्कीले उनले कोशी प्रशस्त लगानी गरेर स्वदेस तथा विदेशलाई चिनाउन सफल भएको दाबी गरे। बिहीबारदेखि सुरु भएको लगानी सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नु भएको थियो ।











प्रतिक्रिया