पाँचथर । पाँचथरमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता बैशाख ८ गतेबाट प्रदेशका १४ वटा जिल्लाका एकसय पचास बढि खेलाडी सहभागिता भएकाछन् । पहिलो दिन ३१ खेल संचालन भएको छ।
सोमबार पहिलो दिनको खेलमा मेन सिङ्गलमा १७ खेल भएको थियो । ओमेन सिङगल ६ खेल र मेन डबल ८ खेल प्रतियोगिता भएको थियो ।
मने सिङ्गलमा बिनय चौधारी, आशिक बिष्ट, बिनय चौधारी, निस्चल खाती, अमर राई, किरण श्रेष्ठ, जेनिस मगर, घनेन्द्र बस्नेत र महेस खत्रीले जितेकाछन् ।
ओमेन सिङ्गल तर्फको पहिलो खेलमा रमा सुब्बा, छाया केरुङ, लक्ष्मी तामाङ, शान्ती राई, भावना केदेम र निसा सुब्बाले जितेकी छिन् ।
मेन डबलमा भने महेस खड्का र लाक्पा शेर्पा, निरज सिलवाल र उसब उप्रेती, सुनिल कार्कि र प्रबिन लिङदेन, प्रतिक विष्ट र भोज ब। गुरुङ, अनिस विष्ट र मिलिना गुरुङ, जुनोन राई र दिवस शंखर , प्रकाश लिम्बु र सुमन लिम्बु तथा निस्चल खत्री र विसाल तामाङले जितेकाछन् ।
मने सिङ्गल दोस्रो चरणको खेलमा भने विसाल तामाङ, मिल्गि गुरुङ, निस्चल खत्री, किरण श्रेष्ठ, सुनीन कार्की, औसा धमला र दिवस संखरले जितेको छ ।
जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको आर्थिक रकम सहयोगमा कोशी प्रदेस स्तरीय ब्याडमिन्टन प्रतियोगिता फिदिममा शुर भएको हो । प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सहित खुल्ला भेट्रान्स प्रतियोगिता हुदैछ । फिदिम नगर उपप्रमुख राधाकृष्ण न्यौपानेले खेलको शूभाराम्भ गर्नु भएको थियो ।
प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता फिदिम स्थीत जिल्ला समन्वय समिती पाँचथरको कभर्डहलमा संचालन भइरहेको छ । ब्याडमिन्टन प्रतियोगिताको हरेक विधाका विजेताले ट्रफिसहित १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रकम पाउन आयोजकले जनाएको छ।
खुल्ला भेट्रान्स प्रतियोगिता तर्फ ४५ वर्ष माथि र ५५ वर्ष माथि गरि दुई विधाको खेल भइरहेकाछन् । खुल्ला भेट्रान्स प्रतियोगिता तर्फका विजेताले ३० हजार र दोस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रदेस सरकारको सहयोगमा प्रदेस स्तरीय ब्याडमिन्टन प्रतियोगितामा पाँचथरमा यो दोस्रो खेल भएको हो । खेल बैशाख १०गतेसम्म हुने जिल्ला खेलकुद विकास समिति पाँचथर अध्यक्ष सन्तोस मोक्तानको भनाइ छ ।











प्रतिक्रिया