पाँचथर । पाँचथरमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता बैशाख ८ देखि १० गतेसम्म हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको सहयोगमा कोशी प्रदेस स्तरीय ब्याडमिन्टन प्रतियोगिता पत्रकार सम्मेलन मार्फत जानकारी गरेका हुन।
शुक्रबार फिदिममा खेलकुद विकास समिति पाँचथरले पत्रकार सम्मेलन गर्दै प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सहित खुल्ला भेट्रान्स प्रतियोगिता हुनेछ ।
जिल्ला समन्वय समिती पाँचथरको कभर्डहलमा खेल संचालन हुनेछ । प्रतियोगितामा मेन्स डबल्स, मेन्स सिंगल, विमेन सिंगल र मिक्स डबल्सको पनि प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले बताए ।
प्रतियोगितामा प्रदेशका १४ वटा जिल्लाका ५८ जना खेलाडी सहभागिता हुनेछन् । ब्याडमिन्टन प्रतियोगिताको हरेक विधाका विजेताले ट्रफिसहित १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रकम पाउन आयोजकले जनाएको छ।
खुल्ला भेट्रान्स प्रतियोगिता तर्फ ४५ वर्ष माथि र ५५ वर्ष माथि गरि दुई विधाको खेल हुनेछन् । । खुल्ला भेट्रान्स प्रतियोगिता तर्फका विजेताले ३० हजार र दोस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार राखिएको छ । प्रतियोगिता सम्पन्न गर्न १८ लाख रुपैयाँ खर्च हुने र प्रतियोगिताको प्राबिधिक सहयोग जिल्ला ब्याटमिन्टन संघले गर्ने अध्यक्ष मोक्तानको भनाइ छ ।











प्रतिक्रिया