समाचार

फोनिजको केन्द्रीय अध्यक्षमा लक्की चौधरी



रुपन्देहि ।    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठऔं महाधिवेसनबाट लक्की चौधारी अध्यक्षमा निर्वाचित भएको छ । रुपन्देहि जिल्लाको धार्मिक पर्यटकिय नगर गौतम बुद्धको जन्मस्थल लुम्बीनिमा फोनिजको आठऔं महाधिवेसनमा अध्यक्षको उमेदार अम्मरध्वोज लामाले फिर्ता लिइपछि चौधारी निर्वीरोध निर्वाचित भएको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा सरु मगर खुल्ला उपाध्यक्षमा विस्वराज तामाङ, सस्थागत उपाध्यक्षमा अर्जुन जम्मेली राई, महिला उपाध्यक्षमा अञ्जन सिल्पकार र अल्पसंख्यक उपाध्यक्षमा यमन दनुवार तथा महासचिवमा समिर बलामि निर्वाचित भएकाछन् । खुल्ला उपाध्यक्षमा तामाङ, संस्थाग उपाध्यक्षमा राई र महासचिव बलामि मतदानबाट निर्वाचित भएका हुन । उपाध्यक्ष शिल्पकार र उपाध्यक्ष दनुवार निर्बिरोध निर्वाचित हुन ।

त्यसैगरी निर्वाचनबाटै खुल्ला सचिव सन्दिप कुमार श्रेष्ट, एलबि आस्था मगर र मिलन गाहा मतदानबाटै निर्बाचित भएकाछन् । स्थागत सचिवमा सुनिल महर्जन र अलपसंख्यक सचिव मिला दराई निर्वाचित भएका छन् । फोनिजको कोषाध्यक्षमा अर्जुनबहादुर तामाङ र सह(कोषाध्यक्षमा लक्ष्मी स्याङतान (कमला) निर्विरोध निर्वाचित भएकी छिन् ।

फोनिजको प्रदेश इन्चार्जतर्फ प्रदेश १मा राजेन्द्र दुष्ट, मधेशमा शंकरलाल श्रेष्ठ, बागमतीमा सुरेन्द्र भक्त श्रेष्ठ, गण्डकीमा रुद्र श्रीस, लुम्बीनीमा गजेन्द्र गुरूङ, कर्णालीमा रत्न सुनुवार र सुदुरपश्चिममा राम लखन चौधारी निर्वाचित भएका छन् । ८ प्रदेश मध्ये उपत्यका प्रदेश इन्चार्ज निर्वाचन हुन सकेन

खुल्ला सदस्यहरु पनि मतदानबाट पाँच जना बिर्वाचित भएकाछन् । निर्वाचित हुने फोनिज केन्द्रीय सदस्य अतित योङहाङ, प्रदीप कुमार चौधरी (बस्मैत), प्रज्वल श्रेष्ठ, प्रविन श्रेष्ठ, अमिर लामा रहेकाछन् ।

सस्थागत सदस्यहरु ः प्रदीप कुमार लेखी, साहिला तामाङ, दानबहादुर गुरूङ, श्याम राना मगर, सुरवीर बज्राचाय, निर्बिरोध निर्वाचित भएका छन् । राई, लिम्बु र नेवार सस्थागत सदस्य चयन हुन बाकी रहेको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी महिला सदस्य विनु चेपाङ, रत्ना गुरूङ, सरस्वती श्रेष्ठ, प्रतिमा चौधरी, मिक्साङ वाइबा तामाङ, सुप्रिया राई, भूमिका फियाक लिम्बु र रिया आले निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी संगीता चेपाङ र प्रतिम भुजेल अल्पसंख्यक महिला केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने विदेशतर्फ विनोद श्रेष्ठ (निर्वाचति भएका छन् । फोनिजको लेखा समिति संयोजकमा गजेन्द्र राई र लेखा समिति सदस्यमा प्रवीण कुमार गाहा मगर निर्वाचित भएको अध्यक्ष लक्की चौधरीले बताए ।

प्रकाशित : १ बैशाख २०८२, सोमबार, ,