पाँचथर । ५० शैयाको अस्पतालबाट भरपर्दो स्वास्थ्य सेवा पाउन थालेर सर्बसाधरणलाई स्वास्थ्य सेवा लिन जिल्ला बाहिर जानुपर्ने समस्या क्रमस अन्त्य भएको छ । पाँचथर, तेह्रथुम र ताप्लेजुङ जिल्लाका सेवाग्राहिले स्वास्थ्य सेवा सहज भएको छ ।
पाँचथर जिल्लामा पचास शैयाको आधुनिक भवन बनेसंगै स्वास्थ्य सेवा सजिलो भएको हो । फिदिम बजारमा बनेको पचास शैयाको नया भवन बनेर स्वास्थ्यसेवा लिन तराइका जिल्लाहरु जानुपर्दाको सास्ती र खर्चीलो अन्त्य भएको भन्दै सर्वसाधरण नागरिक उत्साहित भएका छन् ।
पुरानो र साँगुरो भवनबाट सेवा प्रभाह निक्कै असहज र जोखिम हुने गर्दथ्यो । २०४५ सालमा बनाएको जिर्ण भवनबाट सेवा प्रभाह समस्या हुने गरेको भन्दै २०७४ सालबाट निर्माण सुरु गरेको पचास शैयाको जिल्ला अस्पतालको आधुनीक भवन २०७९ साल बैशाखबाट संचालनमा आएको छ । शहरी विकास तथा भवन डिभिजन कार्यालयको २५ करोड ८६ लाख ८४ हजारमा अस्पताल भवन निर्माण गरेको हो ।
अवलोकन पुग्नु भएका प्रदेस पुर्व मन्त्री झलकसि दर्लामि मगरले भवन भनेसंगै प्रदेस सरकारबाट डाक्टरहरु र अन्य उपकरण थप गरी स्वास्थ्य सेवा प्रभावकारी बनाउने काम भइरहेको बताउनु भयो ।
अस्पतालबाट यतिबेला डाइलसिस, हाडजोड्नी, बहिरंग, बालरोग, सर्जिकल र दंत्त सम्बन्धीको थप सेवा दिन थालिएका छन् । फिदिम नगरपालिका उपप्रमुख राधाकृष्ण न्यौपानेले जिल्ला बाहिर जानुपर्दा समयमै सेवा नपाएर विरामीले बाटोमै जोखिम खेप्नु पर्ने समस्या अन्त्य गर्न आइसियु, एमआरआई र सिटिस्काइन लगायतको उपकरण चाडै जडान गर्ने बताउनु भयो ।
पुरानो तर जिर्ण साँगुरो भवनबाट सेवा दिन असहज भएको बेला नयाँ भवनबाट सेवा दिन सजिलो भएर स्वास्थ्यकर्मी समेत उत्साहित भएकाछन् । नया भवन बनेसंगै स्वास्थ्य सेवा लिनेको संख्या तेब्बरले बृद्धि भएको छ । स्वास्थ्यकर्मी संख्या कमि भए असाधारण उपचार बाहेकका सेवा लिन अव जिल्लाबाहिर जानुपर्ने अवस्था नभएको डाक्टर बुद्धि बहादुर थापाले बताउनु भयो ।
नागरिकको सेवालाई थप ब्यबस्थित र प्रभावकारी बनाउन बिशेषज्ञा डाक्टरहरु ल्याएर आधा दर्जन बढि प्रकारका स्वास्थ्य सिबिरहरु संचालन भएकाछन् । नगर प्रमुख मित्रप्रसाद काफ्लेले स्वास्थ्य उपचार गर्न नसकेका गरिव र दुर्गमबासीले पिडादायी र यातनापुर्ण बाँच्नी रहेकाहरुले शिबिरबाट स्वास्थ्य सेवा दिन बर्षेनि धेरै रकम बिनियोजन गरि स्वास्थ्य सेवा थप सहज बनाउदै आएको बताउनु भयो ।











प्रतिक्रिया