काठमाडौँ । विभिन्न ७ पार्टी मिलेर संघीय लोकतन्त्रिक मोर्चा घोषणा गरिएको छ । काठमाडौंमा जसपा नेपाल, लोसपा नेपाल, रामुपा नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति, तमलोपा र जनता प्रगतिशील पार्टी सम्मिलित मोर्चा घोषणा गरेका हुन ।
मोर्चाले नेपालको संविधान अपूर्ण, अधुरो, विभेदकारी र त्रुटिपूर्ण रहेकोले सबै समुदायले स्वामित्व ग्रहण गर्न सक्ने गरी संशोधन एवं परिमार्जन गर्न भरमग्दूर प्रयत्न गर्ने, मुलुकमा विद्यमान रहेका अनियमितता, प्रशासनिक ढिलासुस्ती, भ्रष्टाचार, लुटतन्त्र, कमिशनतन्त्र र विचौलियातन्त्र जस्ता विकृति र विसंगतिलाई नियन्त्रण गरी जनतालाई सदाचार र सुशासनको प्रत्याभूति गराउन प्रतिबद्धता समेत सार्वजनिक गरेको छ ।
यस्तै हुलाकी सडकलगायत राष्ट्रिय गौरवका आयोजनाहरुलाई यथाशीघ्र सम्पन्न गर्ने गरी योजना निर्माण गरी कार्यान्वयन गराउने, समानुपातिक निर्वाचन प्रणाली, प्रतिनिधिसभा र राष्ट्रिय सभामा समान जनसंख्याका आधारमा प्रतिनिधित्वको व्यवस्था र स्थानीय तहलाई प्रादेशिक क्षेत्राधिकारभित्र रहने व्यवस्था गराउन लगायत २६ बुँदे उद्देश्य रहेको संघीय लोकतन्त्रिक मोर्चा घोषणामा उल्लेख छ ।













प्रतिक्रिया