समाचार

११ बर्षपछि पक्राउ फरार अभियुक्त



पाँचथर ।   कर्तव्य ज्यान सम्बन्धि फरार अभियुक्त ११ बर्ष पछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले कुटपिट गरि कर्तव्य ज्यान सम्बन्धि मुद्दामा अदालतले दोषि ठहर गरेका ७२ बर्षिया लक्ष्मी प्रसाद योङयालाई प्रहरीले पक्राउ गरेका हुन । जिल्ला प्रहरी कार्यालय पाँचथरले प्रेस विज्ञप्तिमा उल्लेख्य गरेको छ ।

२०७० साल मंसिर २८ गते हिलिहाङ ७ का वीर बहादुर योङयालाई कुटपिट गरि कर्तव्य गरि फरार लक्ष्मी प्रसाद योङयालाई प्रहरी निरिक्षक बिना शाह तेली नेतृत्वको प्रहरी टोलीले आज पक्राउ गरेको हो । पक्राउ परेका योङयालाई अदालतको अनुमतिमा पाँच दिन हिरासतमा राखि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी प्रहरी निरिक्षक बिनालाल तेली शाहले जानकारी दिएका छन् । फरार योङयालाई पक्राउ गरेका हुन ।

प्रकाशित : १८ चैत्र २०८१, सोमबार, ,