काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट गैरकानुनी रुपमा हटाइएको भन्दै कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बुधबार वारेसमार्फत् रिट पेश गरेका थिए भने सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार बिहीबार रिट दर्ता भएको हो ।
घिसिङले आफूलाई गैरकानुनी रुपमा हटाइएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण लगायतलाई विपक्षी बनाएर रिट तर्ता गरेका हुन ।
सर्वोच्चले अध्ययनपछि उक्त रिट दर्ता गरेको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको थियो ।













प्रतिक्रिया