समाचार

पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता स्व. शेर्माको शालिक अनावरण



पाँचथर ।    पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता स्व. पूर्ण कुमार शेर्माको शालिक अनावरण भएको छ। पुर्वमन्त्री शेर्माको पाँचौं स्मृति दिवसको अवसरमा पाँचथरको मिक्लाजुङ–२, सप्तमी बजारमा शालिक निर्माण गरिएको हो । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौलाले र्वमन्त्री शेर्माको शालिक अनावरण गनुभयो ।

नेपाली कांग्रेस सहमहामन्त्री भिष्मराज आङदेम्बे, झापा जिल्ला कांग्रेस सभापति देउमान थेवे, पाँचथर कांग्रेस सभापति रूपनारायण जवेगु, पूर्व सभापति नरेन्द्र कुमार केरुङ, शेर्माकी धर्मपत्नी जनी माया थापा मगर, प्रदेशसभा सदस्य मैया श्रेष्ठ लावतीले स्वर्गीय सेर्माको चर्चा गरेका थिए ।

त्यसैगरी पालिका र वडा कमिटीका पदाधिकारीहरू, स्थानीयवासी, संघसंस्थाका प्रतिनिधि तथा भातृ संगठनका सदस्यहरूको उपस्थिति रहेको स्मृति सभा सहितको कार्यक्रममा पुर्वमन्त्री शेर्माको जीवनी र समाजमा पुर्‍याएको योगदानको चर्चा गरिएको थियो। तत्कालीन समयमा शेर्माले कास्की र चितवनपछि पाँचथरलाई सडक निमाृण र जिल्लाका अधिकांश स्थानमा झोलुङ्गे पुल निर्माण गरेर पुलका पिता नामले चिनीनु भएका छन् । उहाले भेडेटार–रवि–राँके सडक तथा तमोर करिडरको सडक बनाउने पहलकदमि बढि राखनु भएको राजनैतिक सहकर्मी पुर्वमन्त्री सिटौला र नेपाली कांग्रेस सहमहामन्त्री आङदेम्बेले बताउनु भयो ।

२००० साल असोज १३ गते पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका–२, साविक सराङडाँडामा जन्मिएका शेर्मा समाजसेवा तथा विकासमा जीवन समर्पित गर्ने व्यक्तित्व थिए। २०२१ सालमा तत्कालीन निगाले गाउँ पञ्चायतका प्रधानपञ्च बनेका उनले राजा वीरेन्द्रबाट विभिन्न पदकद्वारा विभूषित हुने अवसर प्राप्त गरे । उनले २०४२ सालको सत्याग्रह आन्दोलनमा भाग लिँदा झापाको दमकबाट पक्राउ परी चन्द्रगढी जेलसमेत भोगेका थिए।

२०५७ साल पुस १२ देखि २०६७ साउन १६ गतेसम्म नेपाली कांग्रेस पाँचथर जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका शेर्मा नेपाली कांग्रेसको नवौं र दशौं महाधिवेशनबाट दुई कार्यकालसम्म केन्द्रीय सदस्य निर्वाचित भएका थिए। २०४८ देखि २०५१ सम्म राष्ट्रिय सभा सदस्य रहेका उनी २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा पाँचथर क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए। २०६६ जेठ २ गतेदेखि २०६७ माघ २३ गतेसम्म स्थानीय विकास मन्त्री नियुत्त भए ।

वक्ताहरूले स्वर्गीय मन्त्री सेर्मा सरल, सादगीपूर्ण र इमानदार नेताका रूपमा परिचय बनाउनु भएको बढि चर्चा छ । शालिक अनावरण कार्यक्रम नेपाली कांग्रेस मिक्लाजुङ–२ वडा कार्यसमितिको आयोजना गरेको स्थानीय दीपक बोहोराले जानकारी दिए।

प्रकाशित : ६ चैत्र २०८१, बुधबार, ,