पाँचथर । पाँचथर जिल्लामा रहेका चारओटा क्याम्पसमा स्वतन्त्र विद्यार्र्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । अखिल क्रान्तिकारीले दुइओटा क्याम्पसमा अध्यक्ष जितेको छ भने नेपाल विद्यार्र्थी संघ र अनेरास्ववियुले एकएकओटा क्याम्पसमा अध्यक्ष जितेकाछन् । अखिल क्रान्तिकारीले रवि क्याम्पसका पुनम लावती र यासक क्याम्पसका तारामाया लावतीले अध्यक्षमा निर्वाचित भएका हुन् । पाँचथर बहुमुखि क्याम्पसमा नेविसंका उपेन्द्र थापा र थर्पु क्याम्पसमा अनेरास्ववियुका सुरेन्द्र माझि अध्यक्षमा निर्वाचित भएकाछन् ।
जिल्लाको दक्षिण भेगमा रहेको ८६ मतादाता रहेको रवि क्याम्पसमा अखिल क्रान्तिकारीकी पुनम लावतीले ४३ मत पाएकी हुन । प्रतिदन्द्धी नेविंसंका समिर खड्काले २७ र अनेरास्ववियुका विपना सुन्दासले १३ मत पाएका थिए । त्यस क्याम्पसमा अनेरास्ववियु कान्तिकारीका प्यानलै विजयी भएका छन् ।
यासक क्याम्पसमा वाम, लोकतान्त्रिक पहिचानवादी संगठनको तर्फबाट अनेरास्ववियु कान्तिकारीका तारामाया लावतीले ५६ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएकी हुन । प्रतिदन्द्धी बाम गठबन्धनका मनोज थापाले ४४ मत ल्याएका छन् । सचिवमा पदमा भने बाम गठबन्धनकी अञ्जु लावतीले ७ मतान्तरणले जितेकी छिन । त्यस क्याम्पसमा सचिवबाहेक वाम, लोकतान्त्रिक र पहिचानवादी प्यानल बिजयी भएको निर्वाचन समितिले जानकारी दिनुभयो ।
जिल्लाको पुरानो अर्थात जेठो पाँचथर बहुमुखि क्याम्पमा ३४३ खसेको मतमा वाम, लोकतान्त्रिक र पहिचानवादी प्यानलका उपेन्द्र थापाले १९६ मत र वाम गठबन्धनका विमला पुरीले १३७ मत पाएका छन् । जिल्लाको ठुलो र प्रतिष्ठीत क्याम्पसमा वाम, लोकतान्त्रिक र पहिचानवादीको प्यानल विजयी भएकाछन् ।
जिल्लाको उत्तरी क्षेत्रमा रहेको थर्पु क्याम्पसमा अनेरास्ववियुका सुरेन्द्र माझिले ३२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएको हुन प्रतिदन्द्धन्दी वाल लोकतान्त्रिक प्यानलका नविन दाहादलले १५ मत प्राप्त गरेका थिए । थर्पु क्याम्पसमा अनेरास्ववियुका प्यानल निर्वाचित भएका थर्पु क्याम्पसमा निर्वाचन समितिले जनाएको छ ।
यसअधिको स्ववियु निर्वाचनमा भने अनेरास्ववियु यासक क्याम्पस र थर्पु क्याम्पस, पाँचथर क्याम्पसमा नेविंसं र रवि क्याम्पसमा अनेरास्ववियु कान्तिकारीले नेतृत्व लिएर सबै बिद्यार्थी संगठनले सर्वसहमतिमा भागबण्डा गरेका थिए ।











प्रतिक्रिया