काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङ प्रहरी हिरासतमा रहेका १८ जनालाई थुनामा राख्नु पर्ने कारणसहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश डा. कुमार चुडालको शुक्रबारको एकल इजलासले विपक्षीका नाउँमा कारण देखाउ आदेश जारी गरेको हो ।
सो रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले विपक्षीका नाउँमा कारण देखाउ आदेश जारी गर्दै ३ दिन भित्र लिखित जवाफ पेश गर्नु भनी ताप्लेजुङ प्रहरी हिरासतमा रहेका १८ जना थुनामा राख्नु पर्ने कारण सहित जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ समेतका नाउँमा आदेश दिएका छन् ।
उनले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ लगायतलाई विपक्षी बनाएका छन् । सर्वोच्चमा शुक्रबार निवेदकको तर्फबाट अधिवक्ता लबन न्यौपाने, विनोदमणि भट्टराई, राजीव बाँस्तोलालगायतले बहस गरेका थिए ।
नो केवलकार समूह’को आन्दोलनको क्रममा पक्राउ परेकालाई गैह्रकानुनी थुनामा राखिएको भन्दै अभिवक्त राजीव बास्तोलाले २८ फागुनमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए ।











प्रतिक्रिया