पाँचथर । मच्छिन्द्र फूटबल क्लब काठमाडौंले पाँचथरको फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप फूटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। सदरमुकाममा बुधबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा इन्ट्रा पथरी ११ फूटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै मच्छिन्द्र फाइनल प्रवेश गरेको हो।
विशाल घलानले खेलको २३ औं मिनेटमा गोल गरेपछि मच्छिन्द्रले अग्रता बनाएको थियो। पहिलो हाफमा १–० अन्तर परेको पथरी ११ले दोस्रो हाफ खेलको ६६ औं मिनेटमा अर्माण्ड विडोमले गोल गरेर बराबरी बनाएका थियो। तर ८४ औं मिनेटमा मच्छिन्द्रका स्टेफनले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए। इन्जुरी समयमा पुःन मच्छिन्द्र फूटबल क्लबका नवयुग श्रेष्ठले गोल गर्दै ३–१ को जित दिलाउँदा पाँचौं पाँचथर गोल्डकप उपाधि नजिक पुगेको हो ।
खेलको म्यान अफ् दि म्याच मच्छिन्द्र फूटबल क्लबका स्टेफन भए उनले नगद ७ हजार ५ सय रुपैंयाँ कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र पार्टी प्रदेश अध्यक्ष हर्क बहादुर नेम्बाङ (मिक्सो)ले पुरस्कार प्रदान गरेका थिए।
भोलि (बिहीबार) ‘ए’ डिभीजन लिग विजेता चर्च व्वाइज युनाइटेड क्लब र सप्तरीको नमो बुद्ध एफसी हुने आयोजक पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले जनाएको छ। पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको विजेताले नगद ११ लाख १ हजार १११ रुपैंयाँ र उपविजेताले नगद ५ लाख ५५ हजार ५५५ रुपैंयाँ प्राप्त गर्ने आयोजक पाँचथर क्लबले जनाएको छ।











प्रतिक्रिया