फिदिम । विद्यार्थीको आकर्षण बढाउन स्थानीय तहले सामुदायिक विद्यालयहरुमा शैक्षिक राहत र सेवाहरु बढाउन थालेको छ । शिक्षण गर्न शहर केन्द्रित बन्दै गएर दुर्गमा बनेका सामुदायिक विद्यालयहरु विद्यार्थी अभाव हुन थालेको भन्दै शैक्षिक राहत कार्यक्रमहरु बढि सचालन हुदैछन् । सामुदायिक विद्यालयहरुमा पठनपाठन गर्ने वातावरण बनाउदै विद्यार्थी र अविभाकहरुको आकर्षण बढाउन भौतिक पुर्वाधार प्रयाप्त बनाउदै र अग्रेजी तथा प्राविधिक शिक्षा, शैक्षिक सामग्री, मौसमि पोशाक र दिवा खाजा लगायतका विद्यार्थी आकर्षित गरीने कार्य धेरै हुदैछन् । जसबाट यतिबेला सामुदायिक विद्यालयमा पढ्नेको संख्या बढ्न थालेको शिक्षक र अविभावहरुले जनाएका छन् ।
सुबिधाभोगि बन्ने क्रमले विकट स्थानमा बसोबास नागरिक शैक्षिक र रोजगारको सिलसिलामा गाउँघर छोड्ने क्रम बढेको छ । गाउँघरका विद्यालयमा विद्यार्थीको चाप घट्दो अवस्था भएको भन्दै स्थानीय तहहरुले विद्यार्थी केन्दित सहयोग बढाउन थालेका हुन । फिदिम नगरपालिकाको पनि दुर्गम तथा गाउँघरहरुमा पुगेर सामुदायिक विद्यालयहरुमा विद्यार्थी अध्ययन गर्ने वातावरण बनाउन नगरको आधा बजेट शिक्षामा लगाानी हुदै आएको जनप्रतिनिधिको भनाइ छ ।
शैक्षिक सुधारमा ध्यान नपुग्दा सामुदायिक विद्यालय समायोजन गर्ने र बन्द हुने अवस्थामा पुगेका छन् । त्यहि विद्यालयहरुमा शैक्षिक सुधार गरेर यतिबेला नगरको एक दर्जन बढि सामुदायिक विद्यालय समाजयोजन हुन लागेका विद्यालयमा विद्यार्थी चाप दोब्बरले बढेको वडा जनप्रतिनिधी तथा बिद्यालय ब्यबस्थापन समितिको भनाइ छ ।











प्रतिक्रिया