नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलले पुन माओवादी केन्द्र स्थापित हुने बताएका छन् । आफ्नो पार्टीको पक्षमा पछिल्लो समय जनमत बढ्दै गएको दावि गर्दै दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र पहिलेके लयमा जनसमर्थन स्थापित हुने बताउनु भयो ।
‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’ को क्रममा मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित खबरदारी सभा तथा दोस्रो गाउँ सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले माओवादी केन्द्रको ‘एजेन्डा’प्रति जनताको आकर्षण पछिल्लो समय बढेको बताएका हुन । स्थानीय तहको उपनिर्वाचनले माओवादी केन्द्र पार्टी माग बढेको पुष्टि भएको उनको भनाइ छ ।
अध्यक्ष दाहालले जनताको एकताबद्ध प्रयासबाट आफूहरू अगाडि बढ्ने पनि आसा ब्यत्त गर्नुभयो । २०८४ को चुनावमा गठबन्धन नदोहोर्याउने अध्यक्ष दाहालको भनाइ थियो ।











प्रतिक्रिया