पाँचथर । पाँचथर गोल्डकप प्रतियोगिताको पाँचौ संस्करण फागुन २४ गतेबाट हुने भएको छ । फिदिम माविको खेल मैदानमा फागुन २४ बाट चैत्र २ गतेसम्म हुने प्रतियोगितामा नेपाल र भारतका गरि ८ टिमको सहभागिता रहने छन् ।
आयोजक पाँचथर क्लबले सरोकारवाला भेला गरेर खेल प्रतियोगिताको बारेमा जानकारी गरेका हुन । आयोजकले पाँचौ संस्करणका लागि तय गरेको खेल धुन अर्थात एनथम प्रर्दशनी गर्दै खेलबारे जानकारी गरेका छन् । पुरस्कार राशिमा दोब्बर बृद्धि गरेर कोशी प्रदेशमा सम्पन्न भइसकेका अन्य गोल्डकप प्रतियोगिता मध्ये यो प्रतियोगिताको पुरस्कार सर्वाधिक राशिको हूनेगरी बीजेताले नगद ११ लाख एक हजार एक सय ११ रुपैयाँ र ट्रफी प्राप्त गर्ने छ भने उपविजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र ट्रफी प्राप्त गर्ने छ ।
यस संस्करणमा ए डिभिजन लिगका चार टिम, अन्तराष्ट्रिय दुई, बि डिभिजनको एक र आयोजक क्लब गरि जम्मा ८ टिमको सहभागिता रहने क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए ।
प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिट फिल्डर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई विधागत रुपमा पुरस्कार प्रदान गरिने आयोजकका अध्यक्ष तुम्रोकले जानकारी दिए । प्रतियोगितामा खेलाडी, अफिसियल, रेफ्री र दर्शक गरि दुई सय जनाको सामुहि दुर्घटना बिमा पनि गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता ७० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । चौथो पाँचथर गोल्डकपको उपाधि वीभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।











प्रतिक्रिया