पाँचथर। जिल्लाको प्रमुख शहर फिदिम बजारको मध्य भागमा २०४१ सालमा निर्माण भएको लिम्बुवान गेट ढाँलिएको चारबर्षपछि बन्न लागेको छ । जिल्लाको रैथाने पहिचान प्रतिविम्व गर्ने लिम्बुवाने गेट ढालेको चारबर्षपछिसरोकारवाला निर्माण गर्न जुटेकाछन् । जिल्लाका ऐतिहासीक, सास्कृति र सभ्यता समाबेस भएको त्यस गेगमा पुन रैथाने पन झल्किने गरीका आकृति हुनेछन् ।
नगर कार्यपालिकाले पटक पटक रकम विनियोजन गरेपनि त्यस गेट निर्माण प्रक्रिया बढ्न नसकेको भन्दै अव स्थानीय सरोकारवालहरु जुटेर आफै निर्माण गर्न लागेका हुन । बैशाख ४ गतेबाट भौतिक रुपमा गेट निर्माण गर्न निर्माण ब्यबसायीलाइ जिम्मेवारी दिइएको लिम्बुवान गेतथा सास्कृतिक सभ्यता परिषद अध्यक्ष लक्षमण लावतील् बताएकाछन् ।
स्थानीय पहिचान झल्काउने गरी जिल्लाको सानको रुपमा रहेको त्यस गेट निर्माण पुन निर्माण गर्न जग्गा प्राप्त भएको छ । फिदिम बजारको मध्यभागमा रहेको त्यस गेट १६ मिटर चौडाइको कालोपत्रे सडक बनाउने क्रममा लिम्बुवान गेट ढालिएको थियो । त्यस गेट निर्माण पुरा गर्न एक करोड बढि रकम लाग्ने परिषदको आङकलन छ ।













प्रतिक्रिया