पाँचथर । छेउटारमा सरकारको प्रतिनिधी खासै पुग्दैनन् । फाटफुट मात्रमा स्थानीय वडाजनप्रतिधि पुग्ने गरेकाछन् । स्वास्थ्य र शिक्षाको पहुटबाट टाडा छन् । सुरक्षाको अनुभुती गर्ने अवस्था नभएको ठाउँ हो छेउटार । सदियौदेखि एकान्त भुगोलमा पर्ने र दुइ पहाडको फेदिटार भुगोलमा करिव पचास घरपरिवार बस्तैआएकाछन् ।
पाँचथर जिल्लाको फिदिम नगरपालिकाको सुदुर उत्तर १३ नम्बर वडामा पर्ने छेउटारमा केहिबर्ष अभिमात्र सडक र बक्ती पुगेर सरकारी सेवा सुविधाका उपभोग सुरु गरेका हुन । भरपर्दो सडक र बिद्युत आपुर्ति नहुदा सरकारी सेवासुविधाको अनुभुती गर्न नसकेको स्थानीय अगुवा टंक तामाङको गुनासो छ ।
बल्ल बत्ती पुगेर घरआगन उज्यालो भएकोछ । सडक ट्याकओपन भएर साना सवारी साधन संचालन हुन थालेकाछन् । भरपर्दो सडक नभएर पैदल हिड्नुपर्ने दिन अन्त्य नभएको डाइभर सविन तामाङको दुखेसो छ ।
अन्नबालीको नाममा आलु र मक्कै मात्र उत्पादन हुने त्यस भेगमा पशुपालन अर्को पेशा गर्दैआएकाछन् । बिकट भुगोल र सुविधाबाट बञ्चीत हुनुपुगेका टेउटारबासीको सरकारी सेवासुविधाबाट पाखा परेको गुनासो सुनुवाइ नभएको स्थानीयको बुझाइ छ ।













प्रतिक्रिया