काठमाडौं । सभामुखको पदमा डोल प्रसाद (डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
२२ गते आइतवार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई शपथ खुवाएका हुन् । शपथ ग्रहण गरे लगत्तै अर्यालले आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्दैछन् । २० गते शुक्रबार एकल उम्मेदवारी दर्ता भएका अर्याल निर्विरोध निर्वाचित भएका हुन् ।
आजको प्रतिनिधिसभा बैठकबाट ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका थिए ।













प्रतिक्रिया