पाँचथर । फाल्गुनन्द साहित्य महोत्सव २०८२ विविध कार्यक्रम गरी सम्पन्न भएको छ । फाल्गुनन्द गाउँपालिका १ मा रहेको पर्यटकिय क्षेत्र तिजोक बहुसाँस्कृतिक पार्कमा आयोजित महोत्सवमा सास्कृतिक झाँकीहरु सहितको साहित्य कार्यक्रम भएको थियो । तिजोक बहुसाँस्कृतिक पार्कमा केलाङ, साकेला, लाखे, पञ्चेबाजा र डम्फु लगायतको स्थानीय सास्कृतिक नृत्य प्रर्दशन भएको थियो ।
महोत्सवको अवसरमा ‘फाल्गुनन्द प्रज्ञा साहित्य पुरस्कार’ कवि, गीतकार, लेखक तथा चलचित्र निर्देशक उपेन्द्र सुब्बालाई र ‘फाल्गुनन्द प्रज्ञा मातृभाषा पुरस्कार’ मातृभाषा अभियन्ता, कवि तथा राजनीतिज्ञ वीर नेम्बाङलाई प्रदान गरिएको छ ।
फाल्गुनन्द गाउँपालिकाको सहयोग र फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको फाल्गुनन्द साहित्य महोत्सवमा साहित्य र पर्यटन सम्बन्धीका कार्यपत्रहरु प्रस्तुत भएका थिए । डा. मधुराज केरुङले ‘फाल्गुनन्द गाउँपालिका भित्रका साहित्यकारहरू र तिनका योगदान’ कार्यपत्र प्रस्तुत गरेका थिए । साहित्यकार प्रेम ओझाले ‘फाल्गुनन्द गाउँपालिकाभित्रका पर्यटन सम्भावना र चुनौतीहरू कार्यपत्र प्रस्तुत भएको थियो । त्यसैगरी मानवशास्त्री दिलविक्रम आङ्देम्बेले ‘मुक्कुहाङको मिथकसँग सम्बन्धित स्थानीय स्थानहरू ‘निबुखोलादेखि सुकेपोखरीसम्म’ विषय राखेका थिए ।
फाल्गुनन्द साहित्य महोत्सव कवि गजेन्द्र सोजे राईद्वारा लिखित कविता संग्रह ‘नलेखिएको तमसुक’ को विमोचन गरिएको तिजोक बहुसाँस्कृतिक पार्क व्यवस्थापन समितिका अध्यक्ष राजकुमार आङ्देम्बे .राज दिलाञ्लीले बताए ।
तिजोकमा स्थानीय पनका प्रतिमा र अन्य पर्यटकिय पुर्वाधारहरु बनेर थप आकर्षण बनेको स्थान प्रर्बद्धन गर्न महोत्सवको आयोजना गरिएको थियो । प्रदेस सरकार, स्थानीय तह र ब्यत्तीहरुको आर्थिक सहयोगमा पुर्वाधार बनेको राज दिलाञ्लीको भनाइ छ ।
साहित्य महोत्सवमा पालिका अध्यक्ष वृजहाङ आङदेम्बेले साहित्यसंगै पर्यटन प्रर्यटन प्रर्बद्धनका लागि पालिकाबाट हरेक बर्ष रकम विनियोजन भएर धेरै निर्माण योजनाहरु संचालन गरेको जानकारी दिनुभयो । पर्यटन पुर्वाधारहरु बनेर स्थानीयले रोजगारको जलो बनाउन सफल भएको उदाहरणहरु दिनुभयो । कार्यक्रममा पालिका उपाध्यक्ष ठाकुरसि नेम्बाङले फाल्गुनन्द प्रजाप्रतिठान, स्वागीय अमर नेम्बाङ स्मृती र साहित्य र पर्यटन महोत्सवको आउाजना गरेर साहित्यकार सम्मान तथा पुरस्कार दिदैआएको एकमा जिल्लाको पालिका रहेको बताए । साहित्यमा धेरै रकम विनियोजन गर्ने पालिका समेत रहेको दावी गरेकाछन् ।
सम्मानीत हुदै कवि एवं निर्देसक उपेन्द्र सुब्बा र भाषिक अभियान्ता वीर नेम्बाङले फाल्गुनन्दको साहित्य प्रतिको लगानीले श्रष्ठाहरुले सम्मान पाएको खुशी ब्यक्त गरेकाछन् । स्थानीय सरकारबाट साहित्यलाई माया गरेर साहित्य एवं श्रष्ठाहरु उत्साहित भएको बताए ।
महोत्सवमा साहित्यकारहरुले पालिकाको साहित्य प्रतिको हेर्ने दृष्टि जिल्लामै उच्च रहेको प्रशंसा गर्दै अन्य पालिकाहरुले फाल्गुनन्द गाउँपालिकाबाट सिक्नुपर्ने चर्चा गरेका थिए ।













प्रतिक्रिया