पर्यटन

सेहोनाम्लाङ महोत्सवमा रैथाने कला सास्कृति प्रर्दसन



पाँचथर । तेस्रो सेहोनाम्लाङ सास्कृतिक पर्यटन महोत्सव–२०८२ विविध कार्यक्रम गरी मनाएकाछन् । स्थानीय कला–संस्कृति संरक्षण र प्रवर्द्धनसंगै एतिहासीक स्थल सेहानाम्लाङको चर्चा गर्ने अभियान भएकाछन् । पाँचथरको मिक्लाजुङ गाउँपालिका ७को सिहाङमा सेहोनाम्लाङ सास्कृतिक महोत्सव सम्पन्न भएको हो । सेहोनाम्लाङ महोत्सवमा पालिका अध्यक्ष वृजहाङ आङदेम्बेले उद्घाटन गर्नु भएका थिए ।

पालिकामा रहेका पर्यटकिय स्थलको संरक्षण तथा प्रर्बद्धनका लागि हरेक बर्ष रकम विनियोजन गरेर स्थानीयको आयआर्ज गर्नमा सहज भएको पालिका अध्यक्ष आङदेम्बेले बताउनु भयो । महोत्सवमा पालिका उपाध्यक्ष ठाकुरसिं नेम्बाङले भाषा, कला, सस्कृति र रैथानेपन उजागर गर्दै आएको बताए ।

सेहोनाम्लाङ सास्कृतिक पर्यटन महोत्सवको अवसरमा संगीत र सिर्जनाको क्षेत्रमा योगदान पुर्‍याएका दुई सर्जक जीवन मुकारुङ र अशोक मुकारुङलाई सम्मानपत्र, दोसल्ला तथा नागरिक अभिनन्दन गरेको सेहोनाम्लाङ सास्कृतिक पर्यटन महोत्सव आयोजक अध्यक्ष डिएम आङदेम्बेले बताए ।  महोत्सवमा रैथाने कला सास्कृति प्रस्तुती एवं प्रर्दसन र विभिन्न खेलहरु समेत आयोजना भएको थियो ।

प्रकाशित : १९ चैत्र २०८२, शुक्रबार, ,