नेपाल पत्रकार महासंघको मातृसंस्था नेपाल पत्रकार संघ हो। यसको इतिहास २००८ साल वैशाख ९ गते सत्यनारायणबहादुर श्रेष्ठको नेतृत्वमा सुरु भएको देखिन्छ। श्रेष्ठकै नेतृत्वमा वि.सं. २००९ साल वैशाख २८ गते पत्रकारहरूको एउटा समूहले नेपाल पत्रकार संघको कार्य समितिलाई पुनर्गठन गरेका थिए ।
तर, नेपाल पत्रकार महासंघले वि.सं. २०१२ साल चैत १६ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वमा नेपाल पत्रकार संघ गठन भएको तिथिलाई औपचारिक आधार मान्दै आएको छ। यसैका आधारमा महासंघले कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष र चैत्र १६ गतेलाई स्थापना दिवसको रूपमा मनाउँदै आएको छ।
तथ्यगत आधारमा महासंघको वास्तविक संस्थापक सत्यनारायणबहादुर श्रेष्ठ र स्थापना दिवस वैशाख ९ गते हुनुपर्ने भन्दै लामो समयदेखि आवाज उठिरहेको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लगायतका संस्थाहरूले यस विषयमा निरन्तर दबाब दिँदै आएका छन्। यसै सन्दर्भमा महासंघको महाधिवेशनले विज्ञ सम्मिलित समिति बनाएर विवाद टुंग्याउने प्रस्ताव पारित गरेको पनि वर्षौं भइसकेको छ, तर प्रक्रिया अझै अघि बढ्न सकेको छैन।
यस विवादका पछाडि मेरा मुख्य दुईवटा बुझाइ:
१. कृष्णप्रसाद भट्टराई एक सम्मानित राजनीतिज्ञ र नेपाली कांग्रेसका संस्थापकहरूमध्ये एक हुन्। उनको उच्च राजनीतिक उचाइ र प्रभावका कारण उनलाई ‘जबरजस्ती’ संस्थापक बनाइएको हो ।
२. अर्को उनी नेपाली समाज र विशेषगरी पत्रकारिता क्षेत्रमा वर्चस्व रहेको सामाजिक समूहका प्रतिनिधित्व हुन्। त्यसैले सत्यनारायणबहादुर श्रेष्ठको ऐतिहासिक योगदानलाई ओझेलमा पार्दै कृष्णप्रसाद भट्टराईलाई संस्थापकका रूपमा ‘थोपरिएको’ हो ।
( लेखक ः खिम घले सामाजिक संजाल मार्फत)













प्रतिक्रिया