समाचार

चुम्लुङ अध्यक्ष पदमा गोविन्द आम्बुहाङ निर्वाचित



झापा ।  किरात याक्थुङ चुम्लुङ नेपालको १२ औं राष्ट्रिय महाधिवेशनमा गोविन्द आम्बुहाङ अध्यक्ष पदमा निर्वाचित भएको छ । चैत्र १४ गतेदेखि तिनदिनसम्म महाधिवेशन झापा भद्रपुरमा सम्पन्न भई आम्बुहाङको नयाँ नेतृत्व निर्वाचित भएको हुन । चुम्लुङका सबै समितिहरु सर्वसहमतीमा निर्वाचित भएको निर्वाचन समिति संयोजक मलिसा याक्थुम्बाले बताए ।

समितिको उपाध्यक्षमा निरन्ती तुम्बापो, योगेन्द्र पालुङवा र चक्र येक्तेन अभिषेक रहेकाछन् भने महासचिबमा अमर तुम्याहाङ निर्वाचित भएका हुन ।

त्यसैगरी उपमहासचिवमा भवानी बिक्रम सम्बाहाम्फे, सचिवहरुमा दिपा लक्सम, लक्ष्मण लावती, जीबन प्रकास शेर्मा र संगीता सुब्बा निर्वाचत भएकाछन् । कोषाध्यक्षमा भने कुमार जबेगु रहेकाछन् ।

किरात याक्थुङ चुम्लुङ नेपालको १२ औं राष्ट्रिय महाधिवेशले सदस्यहरू गंगा राई लिम्बु, सरस्वती तुम्बा, राम कु योंङहाङ, फूलमाया नेम्बाङ, महेन्द्र कु आङदेम्बे, रिता मादेन, वालकर्ण आङबुहाङ, सेसेहाङ हुक्पा चोङगवाग, मन कुमार लिम्बु अनिल, कमल दीप तिगेला, ईन्द्र कुमारी लिम्बु, धन कुमारी लिम्बु, मोहन कुमार लिम्बु, प्रवेश मिभक, डिल्लीमाया थोक्लीहाङ, धन कु काम्बाङ, बिष्णुमाया सिंगक, टेक ब लावती, राम ब लिम्बु, सिता हुक्पा, डा.मधुराज केरूङ, टंकमाया तिगेला, नरेन्द्रराज केरूङ, जितेन पन्धाक, पूर्ण लिम्बु, भिम प्रसाद सुब्बा र राम ब तुम्बाहाम्फे निर्वाचित भएका हुन ।

प्रकाशित : १५ चैत्र २०८२, सोमबार, ,