खेलकुद

सुम्हालुङ कप ब्याडमिन्टन प्रतियोगिता हुने



पाँचथर ।  दोस्रो सुम्हालुङ कप ब्याडमिन्टन प्रतियोगिता २०८३ बैशाख १०गतेदेखि तिन दिनसम्म हुने भएको छ । पाँचथर जिल्ला ब्याडमिन्टन संघको आयोजनाप्रतियोगितामा पुरुष युगल, महिला युगल, यु–१५ छात्र तथा छात्रा एकल, १०० वर्ष माथीको भेट्रान्स युगल  लगायतको खुला खेल हुनेछन् । त्यसैगरी अन्तर जिल्ला पुरुस युगल, खुल्ला मिश्रीत युगल गरि ११ बिधामा प्रतिस्पर्धा हुनेछ ।

बिहिबार फिदिममा बिभिन्न जिल्लाका दुइसय पचास खेलाडीहरु प्रतियोगितामा सहभागि पत्रकार सम्मेलन मार्फत पाँचथर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष्य तेजबहादुर तुम्बापोले जानकारी गराएका छन् ।

 करिव २१ लाख लागतमा हुन प्रतियोगितामा ५५ हजारदेखि ३० हजार नगर पुरस्कारको ११ बिधागत देल प्रतियोगितामा ६लाख ६ हजारको पुरस्कार राखिएकाछन्  । 

फिदिमस्थित जिल्ला समन्वय समितिको कोर्टमा हुने ३ दिनसम्म ब्याडमिन्टर खेल प्रतियोगितामा संचालनले खेल पर्यटनसंगै जिल्लाबासीको आर्थिक चहलपहल हुने अपेक्षा गरिएकाछन् ।

प्रकाशित : ११ चैत्र २०८२, बिहिबार, ,