राजनिति

संसदीय दलको नेतामा बालेन्द्र शाह चयन



काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विहिबार संसदीय दलको नेतामा बालेन्द्र शाह चयन गरेको छ ।  रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो । संसदको सपथ लिए लगत्तै समितिको बैठकबाट नेता चुनीएका थिए र पार्टी समिति र पार्टीका संसदबाटै निर्णय गरी मुलुकको ४० औं प्रधानमन्त्रीको पदको उमेदवार बनाउने भएकाछन् ।

बैठकमा सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता शाहलाई संसदीय नेताका रूपमा प्रस्ताव गरेकालाई सर्वसम्मत पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

फाल्गुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रास्वपाले तर्फ १२५ र समानुपातीक ५७ गरी १८२ सभासदस्य सिट प्राप्त गरी पहिलो दल बनेको हो ।

प्रकाशित : ११ चैत्र २०८२, बिहिबार, ,