पाँचथर । सेवालाई दुर्गम एवं विकट गाउँघरसम्म पु¥याउन लक्ष्य लिएर इलाका प्रशासन कार्यालय विस्तार भएको धेरै बर्ष भइसहेकोछन् । सुदरमुकाम फिदिम बजार पुग्न समय लाग्ने र बढि खर्चीलो हुने भन्दै बिकटबासीका लागि पाँचथर जिल्लामा दुइ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना भएको बर्षौ भयो । नियमित सेवा नपाउदा भने त्यस भेगका नागरिकले नागरिकता बनाउने महिनो कुर्नुपर्ने बाध्यता सुनवारी नभएको त्यु भेगका नागरिकले दुखसो गर्दैआएकाछन् ।
नागरिकले सहजै र दैनिक सेवा पाउने गरिको वातावरण बनाइदिन स्थानीय तहको जनप्रतिनिधी समक्ष हारगुहार गरी रहेकाछन् । पालिका जनप्रतिनिधीहरुले पहल गरेपनि नियमित सेवा दिने वातावरण बन्न नसकेको मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिम बताउछन् ।
याङवरका गाउँपालिकाको वडा नम्बर १ मा रहेको इलाका प्रशासन करिव दुइ दसक बढि बर्ष भइसकेको छ । मिक्लाजुङ गाउँपालिका वडा नम्बर ४ रबिमा नौबष अघिबाट सेवा सुचारु गरिन्दै आएको छ । अधिकृत तहको कर्मचारी अभावमा त्यस कार्यालयबाट महिनामा एकदुइ पटकमात्र सेवा प्रभाह हुने गरेको त्यहा कार्यरत कर्मचारी युवराज उपाध्यायको भनाइ छ ।













प्रतिक्रिया