समाचार

गुरस्तर सडक निर्माण चासो



पाँचथर ।   विकट स्थान पुग्ने कालोपत्रे सडकमा निर्माण गुरस्तरीय हुनुपर्ने स्थानीयबासीले माग गर्न थालेर सरोकारवालहरु निर्माण स्थलमा गुरस्तर परीक्षण गर्न जुटेकाछन् । ढिलाइ गरी सडक बनेर सास्ती खेपीरहको दुर्गमबासीको सडक सहजसंगै गुरस्तर सडक बन्नुपर्ने दवाव दिन थालेर यतिबेला कार्यन्वयन गर्ने निकाय र स्थानीय जनप्रतिनिधिहरुले निर्माण स्थलमा चासो बढाएका छन् ।

 दुर्गमबासीले सडक सास्तै खेपीरहेको स्थानहरुमा कालोपत्रे सडक बनेर सदाबहार आवतजावत हुने गरीका सडकहरु बन्दैछन् । बिकट स्थानमा पुगेको सडकले सहज आवजतजावत र जिवनयापन सुधारीने आसा गरीरहेका बेला बनेको सडक पनि टिकाउ हुनुपर्ने माग गरेर पाँचथरको लखूवा मौवा पुग्ने कालोपत्रे सडकको निर्माण गुरस्तर अनुगमन हुन थालेकाछन् । जिल्लाको दक्षिण भेग तुम्बेवा गाउँपालिका प्रशासकिय केन्द्र मौवा बजार पुग्ने १४ दसमलब ९ किलोमिटर कालोपत्रे सडक सर्बपक्षिय अनुगमन भइरहेको पालिका जनप्रतिनधिहरुको भनाइ छ ।

 पुर्वाधार विकास कार्यालय पाँचथरको ४५ करोड ९० लाख रकमले बनेको त्यस सडक निर्माण गुरस्तर कायम गर्न कार्यालयले नियमित प्राबिधिक खटाएर अनुगमन गरिएको प्रविधिक मुकेसराज साहले बताए ।

 २०७९ साल चैत्र २१ गते सम्झौता भएको त्यस सडक २०८२ साल चैत्र २० सम्पन्न गर्ने लक्ष्य अनुसार खरीढुङगा गोल्मेधर जेभि निर्माण ब्यवसायीले निर्धारीत समयमा सडक सम्पन्न गरी जोखिम सडक सहज बनेको भनाइ छ ।

प्रकाशित : १० चैत्र २०८२, बुधबार, ,