अन्तर्राष्ट्रिय

आक्रमणबाट ८५ इरानीको मृत्यु

दुबाई, दोहा, बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अखडामा



इरानी ।  अमेरिका र इजरायलले गरेको मिसाइल आक्रमणबाट कम्तीमा ८५ जना इरानीको मृत्यु भएको इरानी अधिकारीलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

एउटा विद्यालयमा भएको आक्रमणमा परी ५३ जनाको मृत्यु भएको र ६३ जना घाइते भएको शिक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गरी इरानको सरकारी इस्लामिक रिपब्लिक न्यूज एजेन्सी ९आइआरएनए० ले जनाएको थियो ।

इरानी विदेशमन्त्री अराघचीले सामाजिक सञ्जाल एक्समा इरानको दक्षिणी भागमा केटीहरूका लागि प्राथमिक शिक्षा पढाइका लागि स्थापित विद्यालय भवनबाट धुवाँको मुस्लो निस्केको तस्बीर सार्वजनिक गर्नुभएको थियो । आइआरएनएका अनुसार इजरायलले शनिबार इरानको दक्षिणी प्रान्त होर्मोज्गानको मिनाब काउन्टीमा रहेको छात्राको एक प्राथमिक विद्यालयमा आक्रमण गरेको हो ।

दुबाई, दोहा, बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अखडा

इरानले मध्यपूर्वका केही देशहरुमा आक्रमण गरेको छ।अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि आक्रमण गरेलगत्तै इरानले प्रत्याक्रमण सुरु गरेको हो ।

इरानले दुबाई, दोहा, बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अखडामा एकैसाथ आक्रमण गरेको हो । बीबीसीका अनुसार दुबाईमा विष्फोटनको ठूलो आवाज सुनिएको र केही मानिसहरु घाइते भएका छन । बहराइन र कुवेतमा पनि विष्फोटनपछि धुवाँ र आगोको मुस्लो शहरमा देखिएको स्थानीयलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

यी देशहरुमा अहिले इमरजेन्सी साइरन बजेको र नागरिकलाई सुरक्षित रहन घरभित्रै बस्ने आग्रह गरिएको छ । अमेरिका र इजरायलको क्षेप्याष्त्र आक्रमणबाट इरानमा ५३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। मानवीय क्षतिको एकिन विवरण आइनसकेको भएपनि ठूलो संख्यामा मानिसहरु हतहत भएको समाचार संस्थाहरुले जनाएका छन ।

 

प्रकाशित : १५ फाल्गुन २०८२, शनिबार, ,