पाँचथर । जिल्लाका पत्रकारहरु निर्वाचन भयरहित वातावरण बनाउन र आचारसंहिता पुर्णरुपले पालना गर्न जुटेकाछन् । नेपाल पत्रकार महासंघ पाँचथरले आयोजना गरेको निर्वाचन सम्बन्धि छलफलमा स्थानीय तथा राष्ट्रिय संचार गृहमा आबद्ध रहेका पाँचथरका क्रियासिल रहेको दुइ दर्जनबढि संचारकर्मीहरु निर्वाचन आचारसंहिताको बारेमा एकजुट भएकाछन् । पत्रकारिता मर्यादाको पालना गरेर अरुलाई सजक गराउन पर्ने भुमिकामा जुटेका हुन ।
पत्रकार भेलामा जिल्ला निर्वाचन कार्यालय प्रमुख निर्वाचत अधिकृत कुमार मास्केले पत्रकार स्वयम निर्वाचन कार्यन्वयनमा अग्रणी भुमिका निर्भाह गर्न आग्रह गरेकाछन् । छिटफुट मात्रमा निर्वाचन आचारसंहिता उलङघनका क्रियाकलापहरु भएका बाहेक अन्यकेही नभएको जानकारी गराउदै शान्तिपुर्ण वातावरणको निर्वाचन गर्नमा पत्रकारको अहम भुमिका रहने बताए ।
कार्यक्रममा नेपाल मानव अधिकार आयोगका टोलि समेत पाँचथरमा पुगेर निर्वाचनको वातावरण बारे जानकारी लिनेकामर्य भइरहेको र सजक हुनुपर्ने बताए । पत्रकार महासंघको कार्यालयमा निर्वाचन आचारसंहिताको बारेमो जिल्ला न्यायधिस एवं प्रमुख निर्वाचन अधिकृत मास्के र अग्रज पत्रकार लक्ष्मी गौतमले सहजिकरण गरेको महासंघ पाँचथर अध्यक्ष भिमकुमार बाँस्कोटाले बताए ।













प्रतिक्रिया