राजनिति

विरासत कायम गर्न नेकपा एमालेको अभियान पनि तिब्र



पाँचथर ।    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले पाँचथरले आइन्द्रसुन्दर नेम्बाङ जिताउन अभियान तिब्र बनाएकाछन् । ६०वटैवडाका बिभिन्न स्थानहरुमा निर्वाचत गतिविधि गरी रहेकोछन् । उमेदवार नेम्बाङसहित पुर्वमन्त्री डम्बरसिं सम्बाहाम्फे र समानुपातिक उमेदवार भुमिका सुब्बा नेम्बाङले अभियान गरीरहेकाछन् ।

विगतको दिनहरुमा निरन्तर जित्दैआएको एमालेले यसपटक पनि आफ्नो ऐतिहासीक साख जोगाउनकै लागि  प्रचारप्रसार बढाएको जनाएकाछन् ।

जेन्जी आन्दोलनबाट ठुला दल खासमा नेकपा एमाले पार्टी र नेपाली काग्रेस पार्टी पाँचथरमा नयाँ पार्टीको उदयसंगै धक्का पुगेको भन्दै पुरानै कार्यकर्ता संरक्षण गर्न लागेकाछन् । नयाँ पार्टीको उदय र पुरानो पार्टीको ऐतिहासिक साख जोगाउने अभियानमा नेकपा एमाले  बढि चिन्तीत बनेको राजनैतिक विष्लेशकहरु बताउछन् । सदावहार एमालेमय बनेको पाँचथर जिल्लाको अटुट विजयीको विरासत कायम गर्न धौधौ परेको भन्दै पार्टीका नेता तथा कार्यकताले अभियान मिहिन गरी संचालन गर्दैआएको एमाले पार्टी पाँचथरले जनाएको छ ।

विगतमा नेकपा एमालेबाट वसन्तकुमार नेम्बाङ उमेदवार हुदाको अवस्था जस्तो यसपटक नरहेको एमाले निकट कार्यकर्ताको भनाइ छ । राजनैतिक जनमत बटुल्न कुटनितिक भएका नेता वसन्तको स्वास्थ्य समस्यासंगै पाँचथर जिल्लामा नेकपा एमालेको निर्वाचन उभार खासै नभएको अन्य दलका नेताकार्यकर्ताले टिप्पणी गरीरहेकाछन् ।

प्रकाशित : १२ फाल्गुन २०८२, बुधबार, ,