Uncategorized

आचारसंहिता कडाइ गर्दै



पाँचथर ।  निर्वाचन आचार संहिताको पालनाका बारेमा जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय पाँचथरले पत्रकार सम्मेलन गरेकाछन् । शान्तिपुर्ण वातावरणमा प्रतिनिधीसभा सदस्य निर्वाचन गराउने अभियानमा पत्रकार मार्फत उमेदवार तथा मतदाताहरुमा आग्रह गरेका छन् ।
 १२ गते मंगलबार जिल्ला प्रशासन कार्यालयमा  जिल्लाका क्रियासील पत्रकारहरु सम्मेलन गरी सबै राजनैतिक दल तथा उमेदवारहरुले निर्वाचन आचार संहिता हुबहु पालना गर्नका लागि वातावरण बनाउन आग्रह गरेकाछन् । निर्वाचन आचारसंहिता उलङघनका बारेमा गुनासो र उजुरी आउन थालेपछि कडाइ गर्न प्रेस सम्मेलन गरेका थिए । 
सोहि समय निर्वाचनको सम्पन्न गर्न कर्मचारी र सुरक्षाकर्मी परिचालन भइरहेको जानकारी गराएको थिए ।  पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले आचारसंहिता बाहिर पर्ने उमेदवारीका प्रचारहरु र ब्यानहरु समेत जफत गर्न थालेको जानकारी दिए । 
फाल्गुन २१ गते हुने निर्वाचन सम्पन्न गर्न कर्मचारी र सुरक्षाकर्मी तयारी अवस्था भएको छ । पाँचथर जिल्लामा एकसय दुइ स्थानमा एकसय असि मतदान केन्द्रमा एक हजार ८० कर्मचारी तयारी भएकाछन् । मतदान केन्द्रहरु मध्ये २८ अति संबेदनलसिल६४ संबेदनसिल र १० ओटा सामान्य अवस्था रहेको छ । शान्त्रीपुर्ण निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन प्रहरी बाह्रसय २६ जना रहेकाछन् । त्यसैगरी जनपथ प्रहरी पाँचसयजनाशशस्त्र प्रहरी दुइसयजना र आबस्यक नेपाली शेना परिचालन तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दाहाल बताउछन् ।
 एकलाख ४३ हजार चारसय ८ मतदाता रहेकाछन् । प्रत्यक्ष तर्फको एकलाख ५४ हजार थान र समानुपातीक तर्फको एकलाख ६२ हजार पतपत्रपुगेको प्रमुख निर्वाचन कार्यालय पाँचथरले जनाएको छ । फाल्गुन २१ गते हुने निर्वाचनमा पाँचथरमा पन्द्र दलका उमेदवार रहेकाछन् ।

प्रकाशित : ११ फाल्गुन २०८२, मंगलबार, ,