राजनिति

निर्वाचन तयारी तिव्र



  पाँचथर ।   फाल्गुन २१ गते हुने निर्वाचन सम्पन्न गर्न कर्मचारी र सुरक्षाकर्मी तयारी अवस्था भएको छ । पाँचथर जिल्लामा एकसय दुइ स्थानमा एकसय असि मतदान केन्द्रमा एक हजार ८० कर्मचारी तयारी भएकाछन् । मतदान केन्द्रहरु मध्ये २८ अति संबेदनलसिल, ६४ संबेदनसिल र १० ओटा सामान्य अवस्था रहेको छ । शान्त्रीपुर्ण निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन प्रहरी बाह्रसय २६ जना रहेकाछन् ।

त्यसैगरी जनपथ प्रहरी पाँचसयजना, शशस्त्र प्रहरी दुइसयजना र आबस्यक नेपाली शेना परिचालन तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताउनु भयो ।

समयमै मतपत्रहरु जिल्लामा पुगीसकेको छ । एकलाख ४३ हजार चारसय ८ मतदाता रहेकाछन् । प्रत्यक्ष तर्फको एकलाख ५४ हजार थान र समानुपातीक तर्फको एकलाख ६२ हजार पतपत्रपुगेको प्रमुख निर्वाचन कार्यालय पाँचथरले जनाएको छ । फाल्गुन २१ गते हुने निर्वाचनमा पाँचथरमा पन्द्र दलका उमेदवार रहेकाछन् ।

प्रकाशित : १० फाल्गुन २०८२, सोमबार, ,