पाँचथर । उत्तरे–यासोक १४ दशमलव २५० किलोमिटर कालोपत्रे सडक बनेर पाँचथर जिल्लाको तिनओटा पालिकाबासीलाई आवतजावत सहज भएको छ । पहिलो चरणमा कुम्मायक गाउँपालिका केन्द्रको यासोक बजारदेखि फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिका सिमानामा पर्ने उत्तरेसम्मको कालोपत्रे सडक बनेर स्थानीयबासी उत्साहित भएकाछन् ।
२०७९ असारदेखि ३० महिनामा सडक निर्माण सम्पन्न गर्न सडक डिभिजन कार्यालय इलामको ४४करोड ६०लाख ९१हजार रुपैयाँमा सपनाहिम्डुङ्घ एण्ड थोकर जेभी काठमाडौंले निर्माण गरेको हो । ढिलाइगरी निर्माण भएरपनि दोस्रो पटक म्याद थपिएपछि तिब्र गतिमा निर्माण भएर त्यस सडकमा कालोपत्रे निर्माण अन्तिम अवस्थामा पुगेको निर्माण ब्यवसायी रोहित पौडेलको भनाइ छ ।
बहुवर्षे योजनाअनुसार पहिलो चरणमा उत्तरे–यासोक सडक कालोपत्रे भएको हो । दोस्रो चरणमा यासोक–लुम्बुघाट सडक खण्ड कालोपत्रे हुनेछ । कच्ची सडक कालोपत्रे बनेर कुम्मायक, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकाबासीको जनजिवन सहज बनाउन पालिकाले अव आर्थिक सुधारका योजनाहरु संचालन गर्ने फाल्गुनन्द गाउँपालिका उपाध्यक्ष ठाकुरसिं नेम्बाङको भनाइ छ ।
गाउँघरमा कालेपत्रे सडक निर्माणले बसाइसराइ पनि घट्दो अवस्थामा छ भने स्थानीय उत्पादीत कृृषिजन्य वस्तु बजार लैजान सजिलो भएको किसानले खुशी ब्यक्त गर्न थालेका कुम्मायक गाउँपालिका अध्यक्ष बमप्रसाद लावती बताए ।













प्रतिक्रिया