पाँचथर । वार्डमा पनि पर्यटन आगमन बढ्दो अवस्थाछन् । पालिका तथा वडाहरुबाट रकम विनियोजन गरेर आकर्षण पर्यटकिय पुर्वाधारहरु निर्माणले वडाहरुमा समेत पर्यटन बढ्दो अवस्थामाछन् । स्थानीयबासीको आम्दानी बढाउने अभियानमा पालिका तथा वडा कार्यालयबाट ऐतिहासीक स्थल, सास्कृतिक तथा धार्मिक, थाकथलो तथा प्राकृतिक लगायतको अन्य पर्यटकिय पुर्वाधारहरु निर्माणले गन्तब्य बनेका हुन ।
फिदिम नगरपालिका वडा नम्बर ८मा नगरको प्रमुख पर्यटकिय स्थल बनेर नगरकै गन्तब्य बनेर स्थानीयको नयाँ रोजगारको थलो बनाउन सफल भएका छन् । वडामा रहेको साधुटार नया गन्तब्य स्थलको हो । पौवाभन्ञ्याङ बजार गर्मिछल्ले बजार भएको छ । चारसयबर्ष पुरानो ऐतिहासीक महत्व बोकेको थेवा माङहिम पनि त्यसै वडामा पर्दछन् ।
त्यसै वडामा एकजर्नबढि ऐतिहासीक, सास्कृतिक, धार्मिक, प्राकृतिक र अन्य पर्यटकिय पुर्वाधारहरु भएर वडाको आकर्षणसंगै स्थानीयले पर्यटकबाट आयआर्जन गर्दैएकाछन् ।

वडाको प्राकृतिक स्थलहरु ः
२०७५ सालमा नया गन्तब्य बन्न सफल भएर प्राकृतिक पर्यटकिय स्थलको चर्चा बटुलेको साधुटार नगरको आठ नम्बर वडामै पर्दछ । मेचिराजमार्गको पौवाभञ्याङ बजारबाट करिव दुइकिलोमिटरमा पुग्न सकिने त्यस स्थानमा रहेको पोखरीले मनैे लोभ्याउने गरेको छ । सुन्दर स्थल भएर फिल्म, वृत्तचित्र र म्युजिक भिडियोहरु छायाङकन गर्नेदेखि वनभोज स्थाल बनेको छ ।
स्थानीय तहका जनप्रतिनिधि खड्क सुनुवारले लोभलाग्दो साधुटार बन्ला भनेर सोचन नसकेको त्यस स्थान पानीको ट्याङकी निर्माण गर्दा पानी बगेर जमेपछि आकर्षण हिमश्रृखलाहरुका छाया देखिने बिशेसताले नया गन्तब्य स्थल बनेको बताउछन् ।
जुम्सा होटल संचालक टार्सी शेपाले पनि साधुटारको नया गन्तब्यले होटल ब्यवसायमा राहत पुगेको खुशी ब्यक्त गरे ।सुटिङ गर्नेहरु महिनौदिन होटलबासले आयआर्जमा सहयोग पुगेको बताउछ्न । त्यसैकारण पौवाबजारमा रहेका दर्जनौ होटल तथा अन्य ब्यवसायीहरुलाई पनि साधुटारको अवलोकनले रोजगारी पाएको भनाइ छ ।
पौवाभञ्याङ हिउपर्ने बजार पनि भनिन्छ । हिउपर्दा अवलोकन गर्नेको घुइचो लाग्ने गरेकाछन् । बिगत समय हरेक बर्ष हिउपर्ने गर्दथ्यो । मौसमि प्रभावका कारण नियमित हिउपर्न छोडेको छ । पाँचथर जिल्लामै हिउबजारको परिचय बनाएको पौवाभञ्जाङ बजारमा पुष र माघ महिना हिउपर्दा हिउ खेल्नेको घुइचो लागेर पौवाभञ्याङबासीको आर्थिक सुधार हुने गर्दथ्यो ।
वडामै रहेको आप्तावा खोलामा आकर्षण किरावा झरना रहेको छ । भुगोल खोच भएर पुग्ने पदमार्ग सहज नहुदा झरनाको दृश्यपान गर्न सहज नभएको स्थानीय सुर्यकुमार राई बताउछन् । गुम्बामा आकर्षण पोखरी बनेर अवलोन गर्नेको चापछ ।

धार्मिक पर्यटकिय स्थलहरु ः
वडाको अर्को महत्वपुर्ण स्थान तमाखे हो । याङदेम्बा नेम्बाङ अर्थात पेभाकुम्म नेम्बाङ वंशको उत्पति थलो र माङगेनायक स्थल पनि हो । लोभलाग्दो टारबेसी नेम्बाङको जेठोपाको बस्ने ठाँउ तुम्पाङभे हो । अप्रभंसी भएर तमाखे नामले चिन्ने गरीन्छ । त्यस स्थानमा नेम्बाङको पुर्खा चुक्मीबा लादिबाले चर्चेका स्थान भएकोले पुर्खाको सम्झनामा हाङसाम थेबा माङहिम बनाएरको त्यहि पुर्खाले पानी पिउने हाङसाम कुवाले तमाखे बजारवस्तीको थप आकर्षण बढाउने अभियान तिब्र भइरहेको स्थानीय तिलबिक्रम नेम्बाङले बताए ।

वडामै ऐतिहासीक गुम्बाडाडामा बौद्धमार्गीहरुको पुरानो गुम्बा निर्माण गरेर प्राकृतिक तथा धार्मिक स्थल बनेको छ । पाँचथरको सबै स्थान र बिभिन्न जिल्लाहरुबाट पनि बौद्धधर्मावलम्बीहरु पुग्ने गरेकाछन् । बौद्धधर्मावलम्बीहरु आगमन बढेपछि त्यसै स्थानमा गुम्बा तथा सभाहल बनाउन प्रदेस सरकार र फिदिम नगरपालिकाले बजेट विनियोजन गरेर थप आकर्षण एवं ब्यवस्थित बनाएर प्रयासहरु भइरहेकाछन् ।
त्यसैगरी सुनुवारहरुको उधौलि उभौलि पर्वमा प्राकृति पुजा गर्ने स्थान स्यादर पनि छ । स्यादर स्थलमा पुजा गर्ने र कार्यक्रम गर्न भवन वढाले बनाएको छ । भवन तथा स्यादर संरक्षण समिति अध्यक्ष टिकाराम सुनुवार मुखियाका अनुसार २०७५सालमा स्वादर निर्माण निर्माण गरी त्यस स्थानमा सुनुवारको सघन बसोबास रहेकाले प्राकृतिक पुजा गर्ने सामुहिक स्थल भएको छ ।
ड्याम चोकमा तामाङको पुख्र्याको पार्थी सरिर राखिएको मानेहरुमा पुजा गर्दैआएकाछन् ।स्थानीय ८० बर्षिय पृर्थीप्रसाद तामाङको जिजुबाजे पुर्खाहरुको तिनओटा माने बनाएर आफ्नो कुलपुजा र धार्मिक सस्कार गर्ने थलो मानेडाडा अर्थात ड्यामचोक बजार बनेको हो ।
वडामै रहेको पौवाभञ्याङ बजारमा सुचना केन्द्र स्थलमा बनेको बुद्धको मुत्तिले पर्यटन आकर्षण बढाएको छ । वडाको आर्थिक सहयोगमा बनेको बुद्धको मुत्तिले अवलोकन गर्ने थप आकर्षण बनाइदिएको हो ।
पर्यटकिय पुर्वाधारहरु रहर लाग्दो ः
२०३५ सालमा मेचिराजमार्ग सडक पुगेर पौवाभञ्याङ बजारको सुरुवात भएको हो । २०६० मा कालोपत्रे सडक बनेर त्यस बजार पाँचथरको पर्यटक बजार फष्टाउन थालेको थियो । प्राकृतिक पर्यटकिय क्षेत्र भएकोले त्यसै स्थानबाट हिमाल, पहाड तथा तराईको जिल्लाहरुको मनमोहक दृष्यावलोकन गर्न सकिने स्थान हो ।
त्यस बजार हिउ पर्दा अवलोकन गर्नेको घुइचो लाग्ने गरेकाछन् । त्यसै स्थानमा नगर तथा वडाबाट अन्य पुर्वाधारसगै स्थानीय नाम लेखेर परिचय दिएकोछ । यसै आर्थिक बर्षमा रेडपाण्डाको प्रतिमा राखेर पौवाभञ्याङ बजार अवलोनक गर्ने स्थल थप आकर्षण हुनेछन् ।

वडाका धेरै स्थानमा पदमार्ग बनेकाछन् । पौवापाटी तथा चौतारोहरु नगर तथा वडाले बनाएर पदमार्ग तथा अवलोकनमा सजिलो भएको छ । पर्यटक गन्तब्य स्थल बनाउन सुचना केन्द्र पर्यटकिय र चमेना गृह बनेको छ । चर्चामा रहेको पर्यटकिय स्थल साधुटार पुग्ने गोरेटो बाटो नियमित मर्म गरेर पर्यटक गन्तब्यमा राहत पुगेको छ । प्रदेस सरकारको प्रमुख चारओटा पर्यटकिय पदमार्ग मध्ये फाल्गुनन्द पदमार्गले फिदिम वडा आठकै पौवाभन्ञ्याङबाट सुकेपोखरीहुदै सन्दकपुर जोड्ने पदमार्ग धमाधम बन्दैछन् ।













प्रतिक्रिया