पाँचथर । उहिले बटुवालाई बाँस बसाएका घरहरु बस्तीहरु हुदै बजार भएकाछन् । सडक नहुदा पैदल हिड्नु पर्ने स्थानका भञ्याङहरु चोक तथा बजार भएर स्थानीयले रोजगारको थलो भएका छन् । २०३४ साल अघिका दिनहरुमा सुकेपोखरीमा बटुवा बस्ने घर थियो । २०३५ सालमा सडक बनेर पौवाभञ्याङमा ब्यबसायी सरेका ७०बर्षिय दावा सेर्पाले होटल र पसल चलाएको एक घर पौवाभञ्याङ बजार भएको छ ।
पाँचथर जिल्लाको फिदिम नगरपालिका ८ वडा र फाल्गुनन्द गाउँपालिका ३ वडाको संगमस्थलमा रहेको पौवाभञ्याङ बजार पदमार्गी बासबस्ने एकघरबाठ अरुथप घरहरु बन्नेक्रमले बजार भयो । ५६ बर्षअघि स्थानीय दावाले त्यसबेला एकघर बनाएर सुरु भएको पौवाभञ्याङमा यतिबेला एकसयबढि घर बनेको छ ।
अर्का स्थानीय ७०बर्षिय मिङमा शेर्पाले पनि २०४० सालमा घर बनाउनु भयो । सडकमा सवारी साधन संंचालन भइसंगै मिङमाको बसाइ पसलबाट भएको थियो । तमाखे घर भएका मिङमा ब्यबसाय गर्नै भनेर पौवाभन्ञ्याङ पुग्नु भएको र अर्का दावाको बसाइर्नै पौवाको बजार बनेको छ । सारताप, लुङरुपा, रानिटार र लालिखर्क पुर्वीभेगका नागरिकको खाद्यवस्तु किन्न बजार बन्यो । होटलबास र पसल संचालन गरेर बजारको आकार बन्न पुग्यो ।
त्यस स्थान सुनुवार मुखियाको रस्तीबस्ती यतिबेला भने शेर्पा, तामाङ, गुरुङ, राई र लिम्बु याक्थुङबा समुदाय बसोबासछन् ।

मानेडाँडामा विस्तार ड्यामचोक बजार
तामाङको जिजुबाजे पुर्खाहरुको पार्थी सरीर राखेको स्थानमा तिनओटा मानेछन् । पुर्खाको सम्झनामा बर्षमा एकपटक दर्शन गर्ने मानेडा पनि हो । लामा पढाएर प्रार्थान गर्दैआएको स्थान मानेडाडाको नामले चिनिले स्थान यतिबेला ड्यामचोक बजारको परिचया बनाएको छ ।
पाँचथरको फिदिम नगरपालिका ८ नम्वरमा रहेको ड्यामचोक बजार २०५३ सालमा देउमान राई र मनिकुमार राईले दैनिक खाद्यबस्तु बिक्री गर्ने पसलको नाम डिएम थियो । समय बित्दैजादा त्यहा घरवस्तीहरु बस्न थालेर डिएमचोक भन्न थालियो । त्यहिनाम उच्चारण गर्दागर्दै यतिबेला ड्यामचोक बजार नामले चिन्न थालिएको स्थानीय ८० बर्षिय पृर्थीप्रसाद तामाङको भनाइ छ ।
त्यस स्थान पहिला शेर्पाको जमिन थियो । पछि तामाङ र गुङरुले जग्गा किनेका थिए । त्यस स्थानमा देउकुमार राई र मनिकुमार राइले संयुत्त पसल संचालन गरेको स्थान हो । यतिबेला त्यस स्थानमा तामाङ, गुरुङ र राईगरी ४० घरबढि सख्यामा घरहरु बनेर बजार भएको छ । त्यस बजारको बिचैमा सुम्नीमा रानीटार तमाखे सडक बनेर बजारमा सुबिधा थपिएको छ ।
त्यस बजारलाई थप आकर्षण बनाउने रानीटार बजार, सुम्नीमा बजार पनि छन् । सडकसंगै खानेपानी तथा बाह्रमौसयम संचालन हुने सिचाइकुलो पुगेर स्थानीयले नगदे तथा कृषिजन्य वस्तु उत्पादन गर्न सफल भएका थपा आकर्षण बढेको हो । त्यस आसपासमा खेलमैदान, पर्यटकिय स्थल पार्क स्थल निर्माण र बौद्धगुम्बाले ड्यामचोक बजारको आकर्षण बढाएका हुन ।

चारसय बर्ष पुुरानो तमाखे वस्ती
फाटिलो समन्थल जमिन निक्क लोभलाग्दो तमाखेमा चारसय बर्षअघि याङदेम्बा नेम्बाङ अर्थात पेभाकुम्म नेम्बाङ वंशको उत्पति थलो र माङगेनायक स्थाल मानिन्छ । फिदिम नगरपालिका ८वडाको तमाखे वस्ती बजार बन्दैछ । स्थानीय तिलबिक्रम नेम्बाङका अनुसार पछिल्लो समय त्यसै स्थानमा चासोक तङनाम मेला तथा महोत्सव आयोजना हुन थालेर अगन्तुक बढ्दो अवस्थामा रहेकाछन् ।
स्थानीय तिलबिक्रमका अनुसार जेठोपाको बस्ने ठाँउ तुम्पाङभे हो । अप्रभंसी भएर तमाखे नामले चिन्ने गरीन्छ । त्यस स्थानमा नेम्बाङको पुर्खा चुक्मीबा लादिबाले चर्चेका जमिन पनि भनिन्छ । उहाँको सम्झना हाङसाम थेबा माङहिम बनेकोछ । पुर्खाले पानी पिउने हाङसाम कुमा पनि सप्रमाण रहेको दावि छ । पुर्खाको नाममा थेबासाम माङहीम निर्माण गरेर तमाखेको थप आकर्षण बढ्दो छ ।
त्यस स्थानमा प्रायगरी नेम्बाङहरु बसोबासछन् भने आसापासमा तामाङ, राई, सुनुवार र गुरुङ समुदाय समेत बसोबासले बजार विस्तार हुनेक्रम छन् ।













प्रतिक्रिया