पर्यटन

पुर्वाधारहरु हटाएर पनि हवाई मैदान बनेन



पाँचथर ।  उच्च पहाडको टाकुरामा पर्ने खुल्ला र फाटिलो जमिन त्यसै खेर गइरहेको स्थान हेरेर स्थानीयबासी निरास हुने गरेकाछन् । करिव बिसबर्षअघि त्यसै स्थानमा हवाइमैदान बनाउन भनेर सरोकारवालहरुले अवलोकनसंगै डिटेल सर्बे गरेको स्थान सुनसान देखेर निरासाबाहेक अरुकेहि नभएको दुखेसो गर्दैआएकाछन् ।  
हवाई मैदानकालागी प्रयाप्त जग्गा भएको त्यसै स्थानमा हवाई मैदानको डिटेल सर्बे कार्य सम्पन्न गरिएको स्थानमा निर्माण सुरु नहुदा जग्गादाता निरास भएकाछन् । हवाइमैदानलाई आबस्यक पर्ने पाँचसय रोपनी मध्ये ३ सय २६ रोपनी स्थानीयवासीद्धारा निसुल्क दिने र अन्य जग्गा दसहजारका दरले बिक्री गर्न सहमत भएर सर्बे गरिएको स्थानमा हवाइमैदान बन्न नसकेन त्यहाको जग्गा बाझैछन् ।
पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्बर ८  रानिटारको  गुम्बाडाडा निवासी हवाइ मैदान निर्माण समिति सचिव दिपक गुरुङको गुनासो सुनुवाइ नभएको चिन्ता ब्यक्तगरेकाछन् । त्यसैभेगमा बसोबास गर्ने दजैनौ नागरिकको पनि दिपकको जस्तो गुनासोका लयहरु सुन्नु परेको छ ।
। 
 हवाइमैदान बनाउन  त्यसै स्थानमा डिटेल सर्बे भएर अन्योल बनेको कुराले अहिले त्यसभेगमा हवाइमैदानको उच्चारण गर्दा पनि खुल्ला चौरको याद जगाइ दिने गरेको भनाइ छ । 
हवाइमैदान बनाउने नाममा त्यहाको बुद्ध प्राथमिक विद्यालय समेत हटाएर अन्य स्थानमा सारिएको छ । त्यहा रहेका स्थानीयको घरटहरा पनि हटाएका थिए । बौद्धगुम्बा पनि हटाएर खुल्ला बनाएर पनि हवाइमैदानको काम अघि बढ्न नसक्दा जग्गादाता निरास भएको स्थानीय गुरुङले बताए ।
पुर्ब पहाडी जिल्लाकै केन्द्र पाँचथर बनाउदै हवाई मैदान निर्माण गरेर स्थानीयको आर्थिक सुधार गर्न पर्यटन तथा नागरकि उड्यन विभागद्धारा हवाइमैदानको अन्तिम सर्बे सम्पन्न गरेको थियो । हवाइमैदान निर्माणका लागि पाँचसय रोपनी जग्गा तयार बनाएका थिए र अहिले पनि त्यस जग्गा भोगचलन नगरी हवाइमैदानका लागि दिन तयारी अवस्थामा राखेका स्थानीयबासीको भनाइ छ । हवाइमैदान निर्माण पहल आभावमा  त्यसभेगका नागरिक बिभेदमा परेको वडा जनप्रतिनिधी खड्कबहादुर सुनुवारले गुनासो गरेकाछन् ।

प्रकाशित : ३० माघ २०८२, शुक्रबार, ,