समाचार

सुख्खा क्षेत्रका नागरिकको पानीको जोह र प्रयोग



पाँचथर ।  गाग्रोबाट पानी भरेर लगेपछि बचेको पानीबाट सिचाइ गरेर तरकारी उत्पादन गर्नु भनेको कल्पना बाहिरको कुरो जस्तै हुने स्थान सुन्दा अच्चमै लाग्नसक्छ । हिउदको सुख्खायाममा पानीको अभावमा बसाइसरीजाने गरेका स्थान नेपाल सरकारले करिव पन्द्र बर्षअघि सुख्खा क्षेत्र घोषणा गरेको पाँचथर जिल्लाको कुम्मायक गाँउपालिका हो । पानीको अभावले कुम्मायकबासीको जिवनयापन कठिनाइ हुने गरेको छ । पानीको अभाव हटाउने प्रयासले यतिबेला त्यस भेगका नागरिकका खेतबारीमा हरियाली अर्थात तरकारी रोप्ने क्रम सुरु भएको छ ।

एकबाली लगाएर खेतबारी बाझै हुने गरेको त्यस भेगमा पानिको अभाव अहिले पनि छ । पिउने पानीका लागि संघिय सरकारबाट ५२करोड लगानीमा बिगत पाँचबर्षअघि तमोर नदिबाट लिफ्ट आयोजना खानेपानी निमार्ण गरेर राहत पुगेको छ । पिउन पानीबाट बञ्चीत हुनपर्ने दिनको अन्त्य गर्न पालिकाले बिद्युत महसुल र मर्मतका लागि हरेक बर्ष रकम बिनियोजन गरेर पानीको महसुल सरल बनाउदै आएको पालिका अध्यक्ष बमप्रसाद लावतीले बताए ।

नियमित पानी संचालन नहुदा आकासे पानी छानाबाट संकलन गर्नुपर्ने । पानीकै अभाव टार्न प्राल्टिक पोखरी, बैकल्पीक खानेपानीको लागि पाँचओट डिपबोरीङ र दुइवटा ट्याङ्करको समेत ब्याबस्थापन गरेर पानीके अभाव हटाउने प्रयासहरु भइरहेकाछन् ।

प्रकाशित : ३० माघ २०८२, शुक्रबार, ,