पाँचथर । ९१ बर्षिय फुलमाया खबासको आँखाको रोशनी गुमेर अन्धकारमय जिवन बिताएको सात बर्षजति भइसकेको थियो । हिड्डुल गर्न बन्द जस्तै थियो । ट्वाइलेटबारु पुग्न अरुको सहारा लिनुपर्दथ्यो । केहिदिनदेखि ९१ बर्षिय खबास सहारबिहिन गाउँघरछरछिमेकसम्म हिडडुल गर्न र आफै बाथरुमचर्पी जान थालेको देखेर गाउँलेहरुनै छक्कै पर्न थालेकाछन् ।
पाँचथर जिल्ला फिदिम नगरपालिका ४ भुजेलगाउँ निवासी ९१ बर्षिय खबासले निशुल्क आँखा सिविरमा उपचार पाएर पहिलेकै अवस्थामा आखाँ देख्न पाउदाको खुशी बर्णन गर्न सकिनन् । फिदिम नगरपालिकाले निशुल्क आँखा शिबिर संचालन गरेर उनीसंगै अन्य दुइसयबढिको गुमेको रोशनी पुर्बवत अवस्थामा आएको भन्दै खुशी सुनाउन थालेकाछन् ।
फिदिम नगरपालिकाले हरेक बर्ष दुर्गमबासी तथा गरिव लक्षीत गरेर शिबिर संचालन गर्दैआएको छ । सिबिरबाट बालक तथा बयोवृद्धहरु बढि लाभान्वीत हुने गरेकाछन् । हेरक बर्ष शिभिर संचालन गरेर आठसय बढिने आँखा उपचार गर्न पाएर गुमेको आँखा खोलिने काम भएको नगर प्रमुख मित्र प्रसाद काफ्लेले बताउछन् ।
आखाँ शिबिरमा उमेर ढल्केकाले बढि सेवा लिने गरेकाछन् । आर्थिक नभएर उपाचार गर्न नसकेर आँखाको ज्योति गुमेकाले उपचार पाएका हुन । आँखालाई सुरक्षा गर्ने तरिकाहरु अपनाउन नसक्दा अधिकांसको आँखामा समस्या हुनेको संख्या बढि रहेको शिबिरमा खटिएका डाक्टरहरुको भनाइ छ ।
मेचीआँखा अस्पताल बिर्तामोडको प्रबिधिक सहयोगमा आँखा बिशिरबाट पाँचथर, ताप्लेजङ र तेह्रथुमबासीले यसबर्ष अठारसय बढिले सेवा लिएका हुन । बिगतबर्ष गरेर सातहजार बढिको आँखामा हुने समस्या शिबिरबाट राहत पुगेको नगरप्रमुख काफ्ले जनाएको छ ।











प्रतिक्रिया