राजनिति

निर्वाचन चहलपहल बढाउदै



पाँचथर ।   निर्वाचन चहलपहल बढाउन जिल्ला निर्वाचन आयोगले राजनितिक दल र सरोकारवालाहरुसंग छलफल तिब्रता दिन थालेकाछन् ।

आगामि फाल्गुन २१ हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन निस्पक्ष र भयरहित वातावरण सम्पन्न गर्न सरोकारवालाहरुसंग संबाद सुरु गरेको हो ।

सनिबार पाँचथर जिल्ला अदालतमा सुरक्षा प्रमुख, निर्वाचन परिचालन समितिहरुसंग सर्वपक्षिय छलफलमा राजनैतिक दलहरुले आफ्नो दलका उमेदवारी दर्ता गर्ने समय सिमा निर्धारण गरेको मुख्य निर्वाचन अधिकृत मास्केले बताए ।

पहिलो चरणमा राजनैतिक दलका नेता र पत्रकारहरुसंग छलफल गरेकोछ । प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिस कुमार मास्केले जिल्लामा रहेको दलका प्रमुख तथा प्रतिनिधीहरुसंग निर्वाचनको बिषयमा जानकारी गराउने र रायसुझाव संकलन सुरु गरेका हुन ।

निर्वाचन तालिका, उमेदवारी दर्ता, आचारसंहिता, निर्वाचन केन्द्र ता सुरक्षा लगायतको निर्वाचन बारेमा जानकारी गराएका थिए ।

पाँचथर जिल्लामा एकसय दुइ मतदान स्थलमा एकसय असि मतदान केन्द्र रहेकाछन् । निर्वाचन सफल बनाउन बाह्रसय एकानब्बे जना म्यादि प्रहरी आवेदन दिएकाछन् ।

राजनैतिक दलहरुले पनि निर्वाचन परिचालन गर्न नेता तथा कार्यकर्ताहरुसंग छलफल सुरु गरिसकेकाछन् ।

प्रकाशित : ४ माघ २०८२, आइतबार, ,