समाचार

चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ् निर्वाचित



धरान ।  किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशनबाट नरेन्द्रराज केरुङ् निर्वाचित भएको छ । ३ गते सनिवार सुनसरी धरानमा भएको कियाचु प्रदेस तेस्रो सम्मेलनले केरङको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्वाचित भएका हुन । पहिचानको बिषयलाई लिएर अभियान संचालन गरेको प्रदेस समितिले मधुराज कुरुङको समितिमा मुख्य सचिवको भुमिका निर्भाह गरेको पान्थर फालेलुङ ८ वाड निबासी नरेन्द्र राज केरुङ अध्यक्ष पदमा निर्वाचित भएका हुन ।

उनको टिममा उपाध्यक्षहरु तिर्थ साउदेन र दिलु सुब्बा, मूख्य सचिवमा दिलकुमार लाओति, सचिवहरु दिलु लिङ्देन र प्रेम तुम्बाहाङ तथा कोषाध्यक्ष महेश्वर हुक्पाचोङ्बाङ सर्वसहमतिबाट निर्वाचित भएको निर्वाचन समिति संयोजक डा.कमल तिगेलाले बताए ।

चुम्लुङ लिम्बुवान प्रदेश समिति सदस्यहरुमा नारायण आङ्लाबाङ खेवाहाङ, अरुणा सुक्वाबा, सकुन्तला आङ्देम्बे, दौलतमान लिम्बु, किशोर सम्बाहाम्फे, गोपिमाया लिम्बु, धन प्र केरुङ, बन्दना नेम्बाङ, फिपराज लिम्बु, गिता खजुम, मन कुमार आङ्देम्बे, मनिश हेल्लोक, पदम ताम्लिङ, धनमाया लिम्बु रहेकाछन्

प्रकाशित : ४ माघ २०८२, आइतबार, ,