राजनिति

समानुपातिक सूचीमा चासो

प्रचण्डले विकसित गरेको गणतान्त्रिक पालामा मात्रै जनताको आक्रोसले स्थान पाof]



प्रचण्डको माग अनुसार नेपालमा पहिलो पटक समानुपातिक व्यवस्था ल्याइँदा उनको निकै खोइरो खनियो। तर जसले त्यतिबेला समानुपातिक प्रतिनिधित्वको विरोध गर्थे, आज तिनैले समानुपातिक सूचीमा आफ्नो नाम घुसाइसकेका छन्। नेपाली सेनाको लोकतान्त्रिकरण गरौँ, यो सलामी र मलामी बाहेक अरु गर्न नजानेको सेनाले काम दिँदैन भनेर प्रचण्डले २० वर्षअघि नै भनेका थिए। त्यतिबेला प्रचण्डलाई देशद्रोही भन्नेहरू आज आएर नेपाली सेनाले सिंहदरबार जोगाउन सकेन भन्दै डाँको छाडेर रुवाबासी गरिरहेका छन्।हर्क साम्पाङको श्रमदान प्रशंसनीय छ, तर यो श्रमदान शब्दको आविष्कारक हर्क साम्पाङ होइनन्। सशस्त्र संघर्षको समयमा नै प्रचण्डले श्रमदान अभियान चलाएका थिए। समाजमा गलत काम गर्नेहरूलाई श्रम(शिविरमा राखिन्थ्यो। महिनौँसम्म बाटो खन्ने काममा लगाइन्थ्यो।
यो संसदीय व्यवस्थामा खसीको टाउको देखाएर कुकुरको मासु बेचिन्छ, सत्ताको खेल मात्रै हुने एकथान चुनावले देशलाई निकास दिँदैन, त्यसैले प्रत्यक्ष कार्यकारीको निर्वाचन गरौँ भनेर पहिलो संविधानसभामा प्रस्ताव लैजाने मान्छे पनि प्रचण्ड नै थिए। त्यतिबेला प्रचण्डलाई भित्ते राष्ट्रपति भनेर खुब हाँसोको पात्र बनाइयो। तर आज कलिला जेनजी भाइ–बहिनीहरू समेत प्रत्यक्ष कार्यकारीको चुनाव चाहियो भन्दैछन् । सिस्टम चेन्जको लागी भन्दै रगत बगाएका छन्। न्यायलयमा राजनीतिकरण भएको छ, न्यायालयको पुनर्संरचना गरौँ भनेर सबैभन्दा पहिला आवाज उठाउने प्रचण्ड नै हुन्, तर त्यतिबेला जंगलीले संविधान हातमा लिन खोज्यो भन्दै अपमान गरियो। आज एउटा रवि लामिछानेले अदालतबाट भोग्नु परेको अन्यायपूर्ण व्यवहार देखेर सबैजना आजित भइसकेका छन्। विगतमा पनि यस्ता हजारौँ, हजार रवि लामिछाने हरुलाई अदालतले निकै दुख दिने गरेको थियो। अन्यायमा परेका जनता लाई न्याय दिन प्रचण्डले जन( अदालत नै गठन गर्नु परेको थियो।
आज मान्छेहरू आफूलाई मन लागेको बोलेका छन्, लेखेका छन्, अभियन्ताको नाममा सिधै अख्तियारमा गएर फलनालाई पक्राउ गर भन्दै टेबुल ठटाएका छन्। किसानको छोराछोरी सँग यस्तो आँट राजाको पालामा थिएन, राणाको पालामा थिएन, पञ्चायतको पालामा थिएन, बहुदलको पालामा पनि थिएन। केवल प्रचण्डले विकसित गरेको गणतान्त्रिक पालामा मात्रै जनताको आक्रोसले स्थान पाएको छ। केपी ओली सरकारले सामाजिक सञ्जाल बन्द गरायो, जनताको वाक् स्वतन्त्रता हनन गरिदियो। जेनजीले आफ्नो अधिकार शान्तिपूर्वक मागेको थियो, तर पाएनन्। त्यसपछि केपी ओलीलाई हेलिकप्टरमा भगाएर आफ्नो अधिकार खोसेर ल्याए। अधिकार मागेर होइन, खोसेर ल्याउनुपर्छ भनेर प्रचण्डले नै जनतालाई सिकाएको कुरा हो। रवि भन्नुहोस्, बालेन भन्नुहोस् वा हर्क भन्नुहोस्, यिनीहरूले विकास र रोजगारीको मिठो भाषण गर्छन्, तर यिनीहरूले प्रचण्डले जस्तो हेपिएका, दबिएका, थिचिएका भुईँमान्छे हरुको न्याय, समानता र अधिकारका निम्ति कुनै आन्दोलन गर्नु परेको छैन। सहर, बजारमा देखा परेका थरी, थरीका स्टन्टबाजहरूको कारण यतिबेला प्रचण्डको राजनीतिक पोजिसन केही ओझोलमा परे जस्तो देखिएको होला तर जसरी बाजागाजा नबजाएर पनि मयूर प्वाँख फिजाएर नाच्छ, त्यसरी नै देश यतिबेला स्लो पोजिसनमा प्रचण्डको विचारमा नाचिरहेको छ।
(मनमा लागेको कुरा)

प्रकाशित : १७ पुस २०८२, शुक्रबार, ,