खेलकुद

क्यान्सर उपचार कोषका लागि अठारसय किलोमिटर साइक यात्रा



पाँचथर  ।   क्यान्सर उपचार कोष  साइक यात्रा  पुष १७ गते बिहाबारबाट सुरु गरेकाछन्  ।  क्यान्सर उपचार कोषको लागि क्यान्सर पिडीत सहितको टोलिले पाँचथरको चिवाभञ्याङबाट बैतडीको झुलाघाटमा एकहजार आठसय किलोमिटर साइक यात्रा सुरु गरेका हुन ।

 बिहिबार नौजनाको टोलिले पुष्पलाल मध्यपहाडी लोकमार्गको सुदुरपुर्व भारत सिमा जोडिएको नेपालको चिवाभञ्याङबाट यात्रा सुरु गरेका हुन । क्यान्सर पिडितदय हर्क लामा र कबिता चित्रकारको नेतृत्वमा आठजना साइक यात्रा  गरेकाहुन । धुलिखेल क्यान्सर अस्पतालको आयोजनामा क्यान्सर डाक्टर सहितको टोलि साइकल यात्रामा सहभागि रहेकाछन् ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग  साइक  यात्रा  गरेर  क्यान्सर उपचार कोष दसकरोड रकम संकलन गर्ने अभियान संयोजक डाक्टर सुमनराज ताम्राकारले बताए ।

 फिदिममा सुक्रबार पुगेका साइक यात्रा टोलिले जनवारी एक अर्थात पुष १७ गते सुरु गरेर एक महिनामा झुलाघाट पुग्ने लक्ष्य छ । माउण्टेन रेसमा तिन पटक बिजेता बनेका क्यान्सर पिडित लामासहित साइकलिङमा सहयोग सहित १५ जना रहेकाछन् ।

 क्यान्सर रोगिको  लक्षण देखिएपछि  निरास नहुन रोगबाट बाच्न सकिने उपयाअरु धेरै छन् भन्न सन्देस दिन  अभियान सुरु गरेको भनाइ छ । यात्रा यात्राको सुरुमै पचास लाखबढि रकम कोषमा जम्मा भइसकेको र यस अभियानबाट स्वदेसि तथा विदेसीबाट दस करोडबढी रकम संकलनगरी ब्याज रकमले क्यान्सर रोगिलाई आर्थिक सहयोग गर्न टोलिको भनाइ छ ।

 

प्रकाशित : १७ पुस २०८२, शुक्रबार, ,