खेलकुद

क्यान्सर पिडित टोलिसहित अठारसय किलोमिटर साइक यात्रा गर्दै



पाँचथर ।  एकहजार आठसय किलोमिटर क्यान्सर उपचार कोष  साइक यात्रा  पुष १७ गते बिहाबारबाट सुरु हुदैछ । मध्यपहाडी लोकमार्ग पाँचथरको यावरक २ चिवाभञ्याङबाट झुलाघाटमा पुगेर टुङगिनेछ ।

क्यान्सर पिडितदय हर्क लामा र कबिता चित्रकारको नेतृत्वमा आठजना साइक यात्रा  गर्नेछन् । धुलिखेल क्यान्सर अस्पतालको आयोजनामा डाक्टर सहितको टोलि सहभागि रहेकाछन् ।

क्यान्सर उपचार कोष स्थापना गर्ने अभियानमा पुष्पलाल मध्यपहाडी लोकमार्ग  साइक  यात्रा  गरेको अभियान संयोजक डाक्टर सुमनराज ताम्राकारले बताए ।

फिदिममा बुधबार पत्रकार भेटघाटमा साइक यात्रा  टोलिले जनवारी एक अर्थात पुष १७ गते चिवाभञ्यादेखि सुरु गरेर एक महिनामा झुलाघाट पुग्ने लक्ष्य छ । माउण्टेन रेसमा तिन पटक बिजेता बनेका क्यान्सर पिडित लामासहित साइकलिङमा सहयोग सहित १५जना रहेकाछन् । उनीहरु १८ गते साँझमा फिदिम बजार पुगेर सरोकारवालाहरुसंग भेटघाट गर्ने भनाइ छ ।

क्यान्सर रोगिहरुका लागि आर्थिक सहयोग गर्न पचास लाखबढि रकम कोषमा जम्मा भइसकेको र यस अभियानबाट स्वदेसि तथा विदेसीबाट दस करोडबढी रकम संकलन गरी ब्याज रकमले क्यान्सर रोगिलाई आर्थिक सहयोग गर्न टोलिको भनाइ छ ।

प्रकाशित : १५ पुस २०८२, बुधबार, ,