पाँचथर । राष्ट्रिय महिला आयोगले महिला सहभागिता पचास प्रतिशत बनाउने अभियान तिब्र बनाएको छ । देसमा आधाजनसंख्या रहेको महिलाहरुको आसन, भाषण र शासनमा पचास प्रतिशत बनाउन माग गर्दै देसैभरीका जिल्लाहरुमा राष्ट्रिय महिला आयोगले अभियान गर्न थालेका हुन ।
महिलाको नाममात्र जोड्ने कार्यले महिलाको प्रगति र अवसर सुनिस्चित नभएको भन्दै सबै तहमा आधा हिष्सा महिलाको सुनिस्चित हुनुपर्ने माग गर्दैै महिला आयोगले जिल्लाहरुमा छलफल चलाएदै आएको छ ।
पुष १३ गते आइतबार पाँचथरको फिदिम राष्ट्रिय महिला आयोगले सर्वपक्षिय भेला गरेर सबल एवं सक्षम महिला बनाउन वृहत छलफल गरेको हो । राष्ट्रिय महिला आयोग सदस्य कृष्णकुमारी खतिवडाले पुरुषको हकअधिकारमा बाँधा नपुग्नेगरी महिलाको सहभागि तथा अवसर पचास प्रतिशत बनाउनु पर्ने दावी गरेकी हुन । आगामि फाल्गुन २१ गते हुने संघीय सभा सदस्य निर्वाचनमा पनि पार्टीका तर्फबाट महिलाको पचास प्रतिशत उमेद्धवारी सुनिस्चित गर्न राजनितिक दलका नेताहरुसंग पहल भइरहेको जानकारी दिनुभयो । आरक्षण कोटामा सिमित बन्न नहुने भन्दै आयोग सदस्य खतिवडाले सबै जिल्लामा महिलाहरुलाई उत्साहित एवं प्रशिक्षण अभियान तिब्र बनाएको बताउनु भयो ।

पाँचथरका राजनैतिक दल, जनप्रतिनिधि, न्याय तथा सुरक्षकर्मी, कर्मचारी, नागरिक समाज, महिला अधिकारवादी र पत्रकारहरु भेला गराएर देसब्यापी रुपमा पचास प्रतिसत महिला सहभागि अभियान बारेमा जानकारी गराउनु भयो । संविधान र कानुनले ब्यवस्थापन गरे अनुसार कार्यन्वयनमा ल्याउन सबै निकाय जुट्न आग्रह समेत गर्नुृभयो ।
छलफलमा राष्ट्रिय महिला आयोग सदस्य कृष्णकुमारी खतिवडा, पाँचथर जिल्ला न्यायधिस र राष्ट्रिय महिला आयोग कार्यालय उपसचिव रोशनी देवि कार्कीले महिला नेपालमा महिलाको अवसर, चुनौति र सहभागि अत्यन्तै कम संख्यामा रहेको विवरण सहितको कार्यपत्र प्रस्तुत गरेका थियो ।
कार्यक्रममा जिल्ला न्यायधिस कुमार मास्केले महिलाको लागि धेरै अवसर कानुनी ब्यस्वस्था भएर न्यायलयबाट फैशला गर्न थप सजिलो भएको बताउनु भयो ।
फिदिम नगरपालिका प्रमुख मित्र प्रसाद काफ्लेले नगरबाट महिलाका लागि योजनादेखि बिभिन्न अवसरहरुमा महिलालाई पचास प्रतिशत बढि अवसर दिदैआएको अवगत गराउनु भयो ।
पाँचथर जिल्ला समन्वय उपप्रमुख यामकुमार आङ्बोले दसबर्से महान जनयुद्धको उपलब्धिले महिलामैत्री वातावरण बन्दैगएर हरेक निकाय र तहमा महिलाको बाक्लो सहभागि हुने क्रम बढ्दो र अझ बढि सहभागि गराउन राजनितिक दल बढि जिम्मेवारी हुनेछ भन्नुभयो ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले महिलाका पहुच र क्षमता विकासले पारिवारीक जिवन, समाज र न्यायमा थप सजिलो हुन थालेको धेरै गतिबिधिहरुको चर्चा गरेका थिए ।
कार्यक्रममा फिदिम नगर उपप्रमुख राधाकृष्ण न्यौपाने, फाल्गुनन्द गाउँपालिका उपाध्यक्ष ठाकुरसि नेम्बाङ, तुम्बेवा गाउँपालिका उपाध्यक्ष खड्क सम्बाहाम्फे र हिलिहाङ गाउँपालिका उपाध्यक्ष समित्रा सेढाइले पालिकाहरुमा महिलामैत्री वातावरण बन्दै गएको र उनीहरुको हकअधिकार कार्यन्वयमा न्यायिक समिति बढि सचेत भएर न्यायिक सम्पादनले गाउँघरहरमा पनि महिलाको पहुच बढ्दो अवस्थामा रहेको जनाएकाछन् ।

छलफलमा नेपाली काग्रेस पाँचथर सभापती रुपनारायण जबेगु, नेकपा एमाले जिल्ला अध्यक्ष विष्णु साप्कोटा, र राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथर अध्यक्ष प्रकास गुरुङले राजनितिक पहलबाट महिलाको हक अधिकार सुनिस्चित भएर महिलाको जिवनयापन गर्ने क्रममा अवसरका कायपलट सुधार भएको दाबि गरेकाछन् ।
महिलाको हकअधिकार र सहभागितामा प्राथमिकता दिन माथिल्लो तहबाटै लागु गर्नुपर्ने महिलाकर्मी कमला योङहाङ, छोमाया तामाङ र राधा लुइटेल तथा नेपाल पत्रकार महासघं अध्यक्ष भिमकुमार बाँस्कोटाले अग्रह गरेका थिए ।
सोहि अवसरमा पाँचथर जिल्लाको सुदुरउत्तरी च्याङथापुमा जन्मनु भएकी राष्ट्रिय महिला आयोग सदस्य कृष्णकुमारी खतिवडालाई महिला संजालहरुले सामुहिक रुपमा सम्मान गरेका थिए ।











प्रतिक्रिया